नुवाकोट । राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले जिल्लाको किस्पाङ गाउँपालिकाको सहकार्यमा आइतबार बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शिविरमा चार सय छ जनाले सेवा लिएका छन्।
किस्पाङ–३, काहुले स्वास्थ्य चौकीमा विभिन्न विशेषज्ञहरूबाट स्वास्थ्य सेवा प्रदान गरिएको थियो । शिविरमा शल्य चिकित्सक, हाडजोर्नी, स्त्रीरोग, जनरल फिजिसियन, आँखासहितका विशेषज्ञबाट सेवा प्रदान गरिएको समाजले जनाएको छ।
शिविरमा एक सय ५२ जनाको भिडियो एक्सरे, ६६ जनाको ‘भिआइए’ जाँच र तीन जनाको प्रयोगशाला परीक्षण सेवा, इसिजी, माइनर ओटीका साथै मोतियाबिन्दुलगायत रोगको निःशुल्क उपचार गरिएको शिविरका संयोजक एवं समाजका सहसचिव विनोद न्यौपानेले जानकारी दिए। उपचारका साथै आवश्यकताअनुसार औषधि तथा चस्मा वितरण गरिएको र थप उपचार गर्नुपर्नेका हकमा सम्बन्धित अस्पतालमा रिफर गरिएको उनले बताए।
समाजका संस्थापक अध्यक्ष डा। केदारनसिंह केसीले एक सय एक वर्षीय ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेर शिविरको उद्घाटन गरेका थिए। समाजका अध्यक्ष उदयबहादुर रानामगरले जिल्लाका लागि सामाजिक र विकासका काममा राष्ट्रसेवकहरूले सक्दो भूमिका निर्वाह गर्दै आएको बताए।
शिविरका लागि किस्पाङ गाउँपालिकाको स्वास्थ्य शाखा, त्रिशूली अस्पताल प्रमुख डा राजेन्द्र लामा, विभिन्न विशेषज्ञ, स्वास्थ्यकर्मी, किस्पाङ बहुप्राविधिक शिक्षालयका प्रशिक्षक डा अनिष दाहाललगायतले सहयोग गर्नुभएको आयोजकले जनाएको छ ।
त्यस अवसरमा किस्पाङ गाउँपालिका–५ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता प्रकाश डिमडुङ, सस्थाका सचिव राजु प्याकुरेल, कोषाध्यक्ष कृष्णराज खतिवडा, गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडालगायत सहभागी थिए।
शिविरमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा रवीन पौडेल, भिडियो एक्सरे विज्ञ डा। कैलाश विक, साधारण चिकित्सातर्फ डा अशोक मिजार, स्त्रीरोग विशेषज्ञ डा तुलजा श्रेष्ठलगायतले सेवा दिएका थिए। कार्यक्रममा रु तीन लाखभन्दा बढीको निःशुःक औषधि वितरण गरिएको जनाइएको छ।
सम्बन्धित समाचार
अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?
प्राङ्गारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
पर्यटकको रोजाइमा कोशी टप्पु
बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
दाङमा टिपरको ठक्करबाट बाबुछोराकै मृत्यु
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै






