भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा पहिलो पटक सर्वसाधारणका लागि आज खुला गरिएको छ।
तत्कालीन राजा यक्ष मल्लद्वारा स्थापित उक्त मन्दिर केदारनाथको दर्शनका लागि आज खुला गरिएको संस्कृति अध्येता गणेश रञ्जितकारले जानकारी दिए।
मन्दिरका पुजारी प्रमिलराज सुवेदीले यसअघि केदारनाथको जन्मोउत्सव बुद्धजयन्ती अर्थात् वैशाख पूर्णिमा र महाशिवरात्रिको दिन वर्षमा दुईपल्ट खोलिँदै आएको थियो। तीजमा व्रत बसेका सर्वसाधारणलाई दर्शनका लागि सहज तुल्याउन बिहानदेखि मन्दिर खुला गरिएको हो।
मन्दिर खुला भएसँगै दर्शनका लागि त्यहाँ पुग्ने महिलाको सहभागिता बाक्लो देखिएको छ। दर्शनका लागि मन्दिर दिनभर खुल्ला रहने छ। स्थानीय सबिना बोहजुले त्यस मन्दिर पहिलो पल्ट दर्शन गर्न पाएकामा खुसी व्यक्त गरे।
उनले विस २०७२ को भूकम्पमा भत्किएको बेला भित्रको महादेवको मन्दिर बाहिरीबाट दर्शन गरिएको बताए। आज भित्र गएर दर्शन गर्न मौका मिलेको उनको भनाइ छ।
भक्तपुर सम्पदा संरक्षण समूहका संयोजक सत्यराम सुवालले हरितालिका तीज २०८३ को अवसरमा दरबार स्क्वायरमै रहेको प्रसिद्ध चारधाम क्षेत्रमा एकैसाथ भव्य तथा दिव्य महाआरती पनि गरिने जानकारी दिए।
तीजको दिन चारधाम क्षेत्रमा एकैपटक र एकै समयमा महाआरती सञ्चालन गरिन लागेको हो। धार्मिक तथा आध्यात्मिक महत्व बोकेको उक्त कार्यक्रममा तीजको व्रत बसेका तथा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ।
सुवालले तीजको दिन साँझ आयोजना हुने महाआरतीमा सहभागी भई कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सफल बनाउन सम्पूर्ण श्रद्धालु भक्तजनमा आमन्त्रण गरेका छन्।
सम्बन्धित समाचार
प्रतिनिधिसभाको बैठक बस्दै, सभामुख अर्यालले विशेष प्रस्ताव प्रस्तुत गर्ने
बाढीबाट ज्यान गुमाउनेको सम्मानमा २२ भदौका दिन राष्ट्रिय शोक घोषणा
संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क जाने
खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो
कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै
‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना
पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता
पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह






