Sunday, July 12, 2020
Home प्रमुख कोरोना रोकथाममा सरकारलाई सकस

कोरोना रोकथाममा सरकारलाई सकस

कोरोना भाइरस संक्रमणको दर तीव्र रूपमा फैलिन थालेको छ । पीसीआर परीक्षणको दायरा दैनिक तीन हजारसम्म पु-याइएपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो । यद्यपि, पीसीआरको दायरा अझै बढाउनुपर्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

संक्रमितको संख्या बढ्दै गए पनि उनीहरूको व्यवस्थापन, रोग निदानका सन्दर्भमा सरकारले ठोस योजना ल्याउन सकेको छैन । मूलतः कोरोना रोकथामका लागि सीमानाकामा कोरोना परीक्षणको दायरा बढाउनुपर्ने, संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ र कन्ट्याक्ट ट्रयाकिङ बढाउनुपर्ने, अस्पतालमा बेडको संख्या व्यवस्थापन पर्याप्त मात्रामा गरिसक्नुपर्ने थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी काम चुस्त र दुरुस्त प्रभावकारी तवरबाट गर्न सकेको छैन ।

हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ हजार नाघिसकेको छ । संक्रमितमध्ये आठ जनाको ज्यान गएको छ । सबैभन्दा बढी जोखिम प्रदेश २ र ५ रहेको छ । दुईवटै प्रदेश भारतसँग प्रत्यक्ष जोडिएका छन् । अहिले पनि दैनिक सयौंको संख्यामा सीमानाकाबाट नेपालीहरू सहजै प्रवेश गरिरहेका छन् । न त उनीहरूको प्रभावकारी तवरले पीसीआर परीक्षण हुन्छ न त कुनै चेकजाँच नै । पछिल्लो तथ्यांकअनुसार पीसीआर विधिबाट ७५ हजार बढीको कोरोना परीक्षण भएको छ । यस्तै, १ लाख १५ हजार बढी आरडीटी टेस्ट गरिएको छ । यस्तै, १ लाख ३५ हजारभन्दा बढी क्वारेन्टिनमा बसेका छन् । ५९ जिल्लामा संक्रमण फैलिएको छ । संक्रमितमध्ये २ सय २० जनाभन्दा बढी निको भएर घर फर्किएका छन् ।

कोरोना रोकथामका लागि सरकारको तयारी एकदमै फितलो छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५ सय ९५ वटा आईसीयू बेड छन्, ८ सय ४० वटा भेन्टिलेटर छन् ।

कोरोना रोकथामका लागि सरकारले तयारी गरेको बताए पनि तयारी एकदमै फितलो छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५ सय ९५ वटा आईसीयू बेड छन् । ८ सय ४० वटा भेन्टिलेटर छन् । देशभरमा ३ हजार ७६ वटा आइसोलेसन बेड छन् । कोभिड अस्पतालअन्तर्गत पहिलो तहका अस्पताल ११, दोस्रो तहका अस्पताल १२ र तेस्रो तहका अस्पतालअन्तर्गत तीनवटा अस्पताल छन् । कोभिड–१९ लाई मध्यनजर गर्दै १३ वटा पहिलो लेबलको अस्पताल खडा गरिएको छ । जहाँ सामान्य लक्षण भएकालाई उपचार गरिन्छ ।

दोस्रो लेबलको अस्पताल १२ वटा सञ्चालनमा ल्याइएको छ । जहाँ जटिल प्रकृतिका बिरामीलाई उपचार सेवा दिइन्छ । तेस्रो लेबलको अस्पताल, जुन तीनवटा छुट्याइएको छ, त्यहाँ भेन्टिलेटरको प्रयोग गर्नुपर्ने अवस्थाका बिरामीलाई राखिन्छ । आईसीयू सुविधा भएका अस्पतालको संख्या १ सय ९४ वटा रहेका छन् । यस्तै, क्वारेन्टाइन ६१ हजार १ सय ४५ रहेको छ । स्वास्थ्य मन्त्रालयले कोरोनासम्बन्धी दर्जन बढी निर्देशिका बनाएको छ ।

आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रले ९० अर्ब ६९ करोड रुपैयाँ अर्थात् कुल बजेटको ६.१४९ प्रतिशत पाएको हो । यस्तै कोरोना रोकथामका लागि भनेर ६ अर्ब बजेट विनियोजन गरिएको छ । कोरोना महामारीले देश अप्ठ्यारो परिरहेको बेला स्वास्थ्य क्षेत्रमा गत वर्षभन्दा केही रकम बजेट वृद्धि भएको छ । स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरूप कम्तीमा १० प्रतिशत बजेट छुट्याउनुपर्ने माग छ । यद्यपि, यही बजेट समेत कार्यान्वयनको सुनिश्चिततामाथि चिन्ता व्यक्त हुन थालेको छ ।

कोरोना संक्रमण दर फैलिँदै गएको भन्दै यसको रोकथामका लागि स्वास्थ्य मन्त्रालयले तत्काल रणनीतिक योजना बनाएर अघि बढ्नुपर्ने जनस्वास्थ्य विज्ञले बताएका छन् । सरकारले लकडाउन लम्ब्याए पनि संक्रमितको संख्या बढ्दै जानु राम्रो पक्ष नभएको विज्ञको जोड छ । जनस्वास्थ्य विज्ञ डा. रबीन्द्र पाण्डेले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने बताए । उनले भने, ‘पिसीआर परीक्षणको दायरा तीव्र बनाउन आवश्यक छ । अहिले प्रतिदिन सयौं मानिस भारतबाट नेपाल भित्रिरहेका छन् । तर, हाम्रो देशका अधिकांश क्वारेन्टिन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुकूल छैनन् ।’

सरकारले आइसोलेसन बेडको व्यवस्थापन सन्दर्भमा कुनै खाका प्रस्तुत गरेको छैन । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भने, ‘संक्रमितको संख्या बढ्दै गयो भने लक्षणबिहीन व्यक्तिलाई सेल्फ आइसोलेसनमा बस्न आग्रह गर्छांै ।’ तर, स्वास्थ्य मन्त्रालयका अधकिारीले कति संख्या पुगेपछि सेल्फ आइसोलेसनमा बस्न आग्रह गर्ने प्रस्ट पारेनन् । अहिले पनि क्वारेन्टाइनमा बस्दै आएकाको मृत्यु भएको छ । अधिकांश क्वारेन्टाइन मापदण्डविहीन छन् । क्वारेन्टाइनमा बसेका अधिकांशमा कोरोना परीक्षण गरिएको छैन ।

संक्रमितमध्ये अधिकांश लक्षणबिहीन छन् । जसले गर्दा नेपालमा देखिएको कोरोनाको प्रकृति कस्तो छ भनेर अध्ययन गर्नका लागि जिन सिक्वेन्सिङ गर्ने भनिए पनि औपचारिकतामा मात्रै सीमित भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ४० बढी विषयमा अनुसन्धान गर्ने बताउँदै आएको छ । परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले कोरोना सम्बन्धमा अनुसन्धानलाई अघि बढाइएको बताए । स्वास्थ्य मन्त्रालयले कोरोनासँग सम्वन्धित एक दर्जन बढी निर्देशिका जारी गरको छ ।

जारी गरिएको निर्देशिकाका सन्दर्भमा कार्यान्वयनको अवस्था फितलो छ । तर, अनुगमन संयन्त्र शून्य प्रायः छ । सरकारले लकडाउनको अवधि थप गरिरहेको छ । तर, लकडाउन लम्बिए पनि संक्रमितको संख्या घट्नुको साटो झन् दिन प्रतिदिन बढ्दै गएको छ । अधिकतम १० हजार संक्रमित पुगेको अवस्थामा कोरोना भाइरस (कोभिड–१९) शीर्षकमा झन्डै ७ अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनामा कोभिड–१९ लाई मध्यनजर गर्दै सार्वजनिक स्वास्थ्य, अस्पताल व्यवस्थापन, सूचना प्रणाली, उपचारलगायत शीर्षकमा ६ अर्ब ८९ करोड ९ लाख ३९ हजार रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएकोे हो । सरकारले कोभिड–१९ का लागि भन्दै ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले कोरोना रोकथाममा सरकारको तयारी फितलो रहेको बताए । उनले भने, ‘सरकारले रोकथाममा दीर्घकालीन योजना बनाउन सकेको छैन । पूर्वतयारीका साथ बस्नुपर्ने होइन र ।’

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले कोरोना रोकथाममा सरकारले योजन अघि सारेको बताउँछन् । उनले संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गए लक्षण नभएका सामान्य प्रकृतिका बिरामीलाई घरमै सेल्फ आइसोलेसनमा बस्न आग्रह गरिने योजना सरकारको रहेको बताए । उनले भने, ‘संक्रमितको अवस्था कसरी अघि बढ्छ त्यसैअनुसार अघि बढ्छौं । संक्रमितको संख्या बढ्दै गए लक्षण देखिएका र जटिल प्रकृतिका बिरामीलाई मात्रै अस्पतालमा भर्ना गर्ने व्यवस्था मिलाउँदै छांै ।’

सय जना संक्रमित भए तीन जनालाई अस्पताल भर्ना गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ । एक लाख जना संक्रमित हुँदासम्म धान्न सक्ने अवस्था रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । स्वास्थ्य मन्त्रालयले संक्रमण दर अत्यधिक बढ्दै गए अस्थायी अस्पताल बनाउनुपर्ने विषय उठाए पनि सरकारले स्पष्ट योजना ल्याउन सकेको छैन ।

सामान्य लक्षण भएका कोरोना भाइरस संक्रमित घरमै आइसोलेसनमा बसेर निको हुने चिकित्सकको सुझाव छ । भेन्टिलेटर पर्याप्त मात्रामा नहुँदा जटिल प्रकृतिका संक्रमितलाई व्यवस्थापन सन्दर्भमा सरकारले ठोस योजना अघि सारेको छैन । सरकार र स्वास्थ्य मन्त्रालयले बनाएका विभीन्न समिति निष्प्रभावी भएको पाइएको छ । सरकारले बनाएको समिति र स्वास्थ्य मन्त्रालयअन्तर्गत बनेका समितिले प्रभावकारी तवरले काम नगर्दा संक्रमण रोकथाम र नियन्त्रण सकस बन्दै गएको छ ।

विश्व स्वास्थ्य संगठनले आरडीटी टेस्ट कोरोना पहिचानका लागि प्रयोग नगर्न भनेको छ । यद्यपि, स्वास्थ्य मन्त्रालयले आरडीटी टेस्टलाई कोरोना परीक्षणका रूपमा गणना गर्दै आएको छ । माइक्रोबायोलोजिस्ट जितेन्द्र श्रेष्ठले भने, ‘कोरोनाको पहिचान पीसीआर प्रविधिले हुने हो, आरडीटीले होइन ।’ सरुवा तथा संक्रामक रोग अनुसन्धान विशेषज्ञ प्राडा जीवनवहादुर शेरचनले संक्रमण रोकथामका लागि लकडाउनलाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले भने, ‘संक्रमण रोकथामका लागि पीसीआर परीक्षणको दायरा तीव्र बनाउनुपर्छ र जनप्रतिनिधि पनि यसमा सक्रिय भएर लाग्नुपर्छ ।’

(Visited 24 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । कोरोना संक्रमणबा६ नेपालमा थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २ र सिन्धुपाल्चोकमा थप...

भर्खरै

‘अझै दुई महिना बाढी पहिरोको समस्या’

काठमाडौं । सरकारले केही दिनदेखि जारी अविरल वर्षासँगैको बाढीपहिरोमा परेकलाई तत्काल उद्धार, राहत र पुनस्र्थापनामा विशेष ध्यान दिने भएको छ । राष्ट्रिय विपद् जोखिम...

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

राजस्व छलीको मुद्दा फछ्र्योटमा सधैं ढिलाइ, कसरी छलिन्छ ? 

काठमाडौं । सरकारले राजस्व छलीको मुद्दा छिटो टुंग्याउन तीन तहका अदालतबाट दुई तहका अदालतले मात्रै हेर्ने व्यवस्था गरे पनि मुद्दाको फछ्र्योटमा ढिलाइ भइरहेको छ...

नेपालमा पुनः संक्रमण दर शून्य

काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि...

धेरै पढिएका

‘अझै दुई महिना बाढी पहिरोको समस्या’

काठमाडौं । सरकारले केही दिनदेखि जारी अविरल वर्षासँगैको बाढीपहिरोमा परेकलाई तत्काल उद्धार, राहत र पुनस्र्थापनामा विशेष ध्यान दिने भएको छ । राष्ट्रिय विपद् जोखिम...

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

राजस्व छलीको मुद्दा फछ्र्योटमा सधैं ढिलाइ, कसरी छलिन्छ ? 

काठमाडौं । सरकारले राजस्व छलीको मुद्दा छिटो टुंग्याउन तीन तहका अदालतबाट दुई तहका अदालतले मात्रै हेर्ने व्यवस्था गरे पनि मुद्दाको फछ्र्योटमा ढिलाइ भइरहेको छ...

नेपालमा पुनः संक्रमण दर शून्य

काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि...

ई-पेपर

(Visited 39 times, 1 visits today)