काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरेमा तत्काल मन्त्रालयलाई जानकारी गराउन आग्रह गरेका छन् । सोको प्रमाणसहित मन्त्रालयको ‘हटलाइन’ नम्बर ११५१ मा तत्काल जानकारी गराउन सेवाग्राहीलाई आग्रह गरेका हुन् ।
पदभार ग्रहण गरेपछि मन्त्री श्रेष्ठले जनगुनासोको सुनुवाइ र शीघ्र समस्या समाधानलाई मन्त्रालयको प्रमुख प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएका छन् । उनको निर्देशनानुसार मन्त्रालय र मातहतका निकायमा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउने प्रयास तीव्र बनाइएको छ ।
विद्युत् सेवासम्बन्धी गुनासो तथा समस्याको सुनुवाइका लागि सञ्चालनमा रहेको हटलाइन नम्बर ११५१ लाई थप सक्रिय र परिणाममुखी बनाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मन्त्री श्रेष्ठले कार्यभार सम्हालेयता हटलाइनमार्फत प्राप्त १३ हजार ८८ वटा गुनासो सम्बोधन गरिएको छ ।
प्राप्त गुनासोमध्ये विद्युत् अवरोध ‘नो लाइट’, ट्रान्सफर्मर बिग्रिएको, पोल तथा मिटर अभाव, भूमिगत विद्युत् जडानलगायत विषय प्रमुख रहेका छन् । यस्ता समस्याको समाधानलाई तीव्र बनाउँदै सेवाग्राहीले सहज रूपमा सेवा पाउने वातावरण निर्माणमा मन्त्रालय केन्द्रित रहेको जनाएको छ ।
त्यस्तै, सङ्घीय संसद् र प्रदेशसभाका सदस्यहरूले संसद्को शून्य तथा विशेष समयमा उठाउने ऊर्जा जलस्रोत तथा सिँचाइ क्षेत्रसँग सम्बन्धित गुनासोलाई समेत तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, सुशासन र सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले मन्त्रालयले सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन, २०६४ अनुरूप ‘सुशासन एकाइ’ गठन गरी सञ्चालनमा ल्याएको छ । उक्त एकाइलाई क्षेत्रगत जिम्मेवारी प्रदान गर्दै अनुगमन, मूल्याङ्कन तथा कार्यसम्पादन परीक्षणको प्रणालीलाई व्यवस्थित बनाइएको छ ।
एकाइले मन्त्रालय तथा मातहतका निकायका कर्मचारीहरूको कार्यसम्पादन, जिम्मेवारी निर्वाहको अवस्था, कानुनी समयसीमाको पालना तथा सेवा प्रवाहको प्रभावकारिताका नियमित समीक्षा गरिरहेको छ ।
साथै, सरकारी स्रोतसाधनको उपयोग, निर्धारित सूचकहरुको कार्यान्वयन तथा तोकिएका काम समयमै सम्पन्न भए(नभएको विषयमा समेत निरन्तर निगरानी राखिएको छ । मन्त्रालयले ‘डेलिभरीमा आधारित शासन प्रणाली’लाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा सुधार, जनगुनासोको प्रभावकारी व्यवस्थापन तथा कर्मचारीको उत्तरदायित्व अभिवृद्धिमा जोड दिएको छ ।
सम्बन्धित समाचार
पाँच दिने भ्रमणको लागि दिल्ली उडे लामिछाने
राष्ट्रिय सभामा प्रधानमन्त्रीको भनाइलाई लिएर विरोध
कांग्रेसले छायाँ सरकार गठन गरेको होइनः नेता आङ्देम्बे
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति : उनेपा अध्यक्ष घिसिङ
५ दिन लामो भारत भ्रमणबाट फर्किए रास्वपा सभापति लामिछाने
परराष्ट्रमन्त्रीको भारत भ्रमण : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता
प्रतिनिधिसभा बैठक स्थगित






