काठमाडौं । नेपाल सरकार, चलचित्र विकास बोर्डले यो वर्षको ‘दीर्घ साधना सम्मान (लाइफ टाइम एचिभमेन्ट अवार्ड) –२०८३’ बाट अग्रज हास्यब्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठलाई सम्मानित गरेको छ । बोर्डद्वारा शुक्रवार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित ‘राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान–२०८३’ प्रदान समारोहमा हास्यब्यंग्य अभिनेता मदनकृष्णलाई सो सम्मानबाट सम्मानित गरिएको हो ।
राष्ट्रिय चलचित्र पुरस्कार
राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चार मन्त्री विक्रम तिमल्सिना र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ३ लाख ७५ हजार रुपैयाँसहित ताम्र पत्रबाट उनलाई सम्मानित गरे ।
दीर्घ साधना सम्मान ग्रहण गरेपछि मदनकृष्णले राजधानीसँग भने,‘मैले सधैँ काम मात्र गरेँ, पुरस्कारको कहिल्यै आशा गरिन् । तर आज नेपाल सरकारमार्फते दीर्घ साधना सम्मानबाट सम्मानित हुँदा कर्म गरेपछि फल पाइँदो रहेछ भन्ने महसुस भएको छ ।’
२०८२ सालमा रिलिज भएका मूलधारका नेपाली चलचित्र तथा आदिवासी जनजाति चलचित्रहरूलाई समारोहमा विभिन्न ११ विधामा पुरस्कृत गरियो । यस वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’तर्फ उत्कृष्ट चलचित्रको पुरस्कार ‘ऊनको स्वीटर’ले जित्यो । यही चलचित्रबाट नवीन चौहानले उत्कृष्ट निर्देशनको पुरस्कार प्राप्त गरे भने मिरुना मगरले उत्कृष्ट अभिनेत्रीको अवार्ड ग्रहण गरिन् ।
सोही समारोहमा उत्कृष्ट अभिनेताको पुरस्कार चलचित्र ‘परान’बाट नीर शाहले हासिल गरे । आफ्नो करिब ६ दशक लामो अभिनय यात्रामा अभिनयबाट पहिलो पटक राष्ट्रिय पुरस्कार पाउँदा निर शाहले खुसी व्यक्त गरे । चलचित्र ‘परान’बाटै दीपक प्रसाद आचार्य र यम थापाले उत्कृष्ट चलचित्र लेखन तर्फको पुरस्कार प्राप्त गरे ।
निर्णायक समितिको तर्फबाट यस वर्षको प्रोत्साहन पुरस्कार (जुरी अवार्ड) चलचित्र ‘रमिताको पिरती’बाट अभिनेत्री आना शर्मा र चलचित्र ‘झरीपछिको इन्द्रेणी’बाट कलाकार विमोचन दवाडीलाई प्रदान गरियो ।
छायांकन र सम्पादनको पुरस्कार भने चलचित्र ‘कोशेढुंगा’लाई प्रदान गरियो । ‘कोशेढुंगा’बाट पदम बहादुर श्रेष्ठ (बाबु) ले उत्कृष्ट छायांकारको पुरस्कार र नहकुल खड्काले उत्कृष्ट सम्पादकको पुरस्कार ग्रहण गरे । यस्तै उत्कृष्ट आदिवासी भाषाभाषी चलचित्रको पुरस्कार नेपाल भाषाको चलचित्र ‘इन्दिरा धिमेमैचा’लाई प्रदान गरियो । यी सबै पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र थियो ।
करिब डेढ दर्जन कलाकारको नृत्य एवम् गायन प्रस्तुतिसँगै तामझामका साथ आयोजना गरिएको सो समारोहमा बोर्डले यो वर्ष ११ जना चलचित्रकर्मी तथा प्राविधिकलाई विशेष सम्मानबाट सम्मानित ग¥यो ।
समारोहमा चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष स्व. दिनेश सिटौलालाई ५१ हजार रुपैयाँ राशिसहित मरणोपरान्त सम्मान प्रदान गरियो । पत्रकार सिटौलाका बुबाले सो सम्मान ग्रहण गरेका थिए । यस्तै चलचित्र निर्माताहरू विष्णु गोपाल श्रेष्ठ, डा. सिंह गुरुङ, विनोद शेरचन, अभिनेत्रीहरू मेनुका प्रधान, एन्जिला तुम्बापो सुब्बा, लक्ष्मी बर्देवा, पत्रकार प्रकाश सुवेदी, चलचित्र निर्देशक अभिनाश विक्रम शाह, अभिनेता रोहित रुम्बा र निर्माण व्यवस्थापक शंकर पाण्डेलाई कार्यक्रममा विशेष सम्मान प्रदान गरियो । यस्तै त्योतीराज राई निर्मित राई भाषाको चलचित्रलाई विशेष सम्मान गरियो ।
राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चार मन्त्री विक्रम तिमल्सिना र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सम्मानित एवम् पुरस्कृतलाई बधाई ज्ञापन गर्दै नेपाली चलचित्रको बदलिँदो परिवेश’bout आफ्नो भनाई सो समारोहमा राखेका थिए ।
सम्बन्धित समाचार
युवेन्द्र शाक्य र गङ्गा गौतमको नयाँ गीतले खिच्यो दर्शकको ध्यान
साताव्यापी ‘हिमालयन लिटरेचर फेस्टिबल’ सम्पन्न
न्युयोर्कबाट चम्कियो ‘डेथ अफ अ सेल्सम्यान’
पाँचौं काब्या म्युजिक अवार्डमा कलाकर्मी सम्मानित
‘मुटु फलाम भएर’ कविता कृति लोकार्पण
‘कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी
अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित






