प्रधानमन्त्री शाह चितवनमा

प्रधानमन्त्री बालेन चितवनमा भरतपुर,७ असार । चितवनमा आजदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन चितवन आउनुभएका प्रधानमन्त्री बालेन्द्र शाह छोरी र श्रीमतीका साथमा भरतपुर विमानस्थलमा । तस्बिरः कृष्ण आचार्य,रासस

काठमाडौं । चितवनमा आजदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह चितवन पुगेका छन् ।

आइतबारबाट सुरू हुन लागेको रास्वपाको पहिलो महाधिवेशन उद्घाटनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह चितवन पुगेका हुन् । उनी छोरीसहित बुध्द एयरको विमानमा चितवन पुगेका हुन् ।

प्रधानमन्त्री बनेपछि पहिलो कार्यक्रममा सहभागी हुन बालेन काठमाडौं बाहिर गएका हुन् । रास्वपा महाधिवेशन प्रधानमन्त्री बालेन र सभापति रवि लामिछानेले गर्ने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ जना समर्थक