यस्तो छ– रास्वपा महाधिवेशनमा खानाको मेन्यू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हिजोदेखि सुरु भएको पहिलो महाधिवेशनको बन्दसत्रको कार्यक्रम आजदेखि सुरु हुँदैछ । यद्यपि यो समाचार तयार पर्दासम्म प्रतिनिधि विवादले गर्दा बन्दसत्र सुरु हुन सकेको छैन । देशभरका विभिन्न जिल्ला, प्रवास, विभिन्न तहका कमिटीबाट झण्डैं ४१ सय प्रतिनिधि महाविधेशनमा सहभागी छन् ।

बन्दसत्र सुरु नभए पनि पार्टीको समन्वयमा आफैंले होटल खोजेर बसेका महाधिवेशन प्रतिनिधिहरूको खानपानको व्यवस्थापन भने आज बिहानबाट सुरु भएको छ ।

महाविधेशनस्थलमा विहान ७ बजेदेखि ब्रेकफास्ट सुरु भएको छ । महाधिवेशनका प्रतिनिधिहरूलाई बिहान ब्रेकफास्ट, बिहानको खाना, दिउँसो हाइटी र बेलुकाको खानाको व्यवस्था रास्वपाले गरेको छ । प्रतिनिधिहरुलाई बिहान खसीको मासु र भात खुवाइएको छ ।

४१ सय प्रतिनिधि र अन्य सहभागीलाई बिहानको खानाका लागि मात्रै दैनिक झण्डै ८ क्विन्टल खसीको मासुको व्यवस्था गरिएको छ । बेलुका भने मिक्स भेज तरकारी खुवाइनेछ । दियालो फुडल्याण्ड क्षेत्रपुर नारायणगढले ३ दिनका लागि खानाको व्यवस्थापनको जिम्मेवारी लिएको छ ।

बिहान र बेलुकाको खानामा कम्तीमा १० आइटम राखिनेछ । मासु नखानेहरुलाई पनिर, च्याउको व्यवस्था हुनेछ, साथमा सिजनल तरकारी पनि राखिने छ । दियालो फुडल्याण्डका प्रवन्ध निर्देशक रमेश अधिकारीका अनुसार बिहान ७ बजेदेखि ब्रेक फास्ट, दिउँसो १ बजेदेखि २.३० बजेसम्म खाना, दिउँसो ३ बजेदेखि ५ बजेसम्म हाइटी र बेलुका ६ बजेदेखि ९ बजेसम्म खानाको व्यवस्था गर्ने तालिका रहेको छ ।

खाना र ब्रेक फास्टका लागि १५ वटा टेवल स्टल लगाइएका छन् । दुवैतिरबाट खाना लिन मिल्छ । जिरा राइस, दाल, तरकारी, अचार, सलाद, दही लगायतका आइटम राखिनेछन् । प्रतिनिधिहरुलाई खानाका लागि कुपनको व्यवस्था गरिएको छ । हरेक प्रतिनिधिसँग ५ हजार रुपैयाँ अधिवेशन शुल्क रास्वपाले उठाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

epaper

ताजा समाचार

दुई टिपरमा च्यापिएर युवकको मृत्यु