मेयरले खनेको बाटो स्थानीले पुरे

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले करीब दुई हप्ता अगाडि खनेको बाटो स्थानीयबासीले पुरेका छन् । इटहरीको लविपुरदेखि तरहरासम्म बन्ने भनिएको बाटो वडा नं. १ र १७ मा स्थानीयसँग समन्यव नै नगरी मेयरले बाटो खनेका थिए । ४० फुटको बन्न लागेको बाटो रोडको पूर्व र पश्चिम गरी २०।२० फुट खन्नुपर्ने भएपनि रोडको पश्चिमपट्टि मात्र ४० फुट खनेको र पूर्वीतर्फ नखनेकाले स्थानीयले आँफै बाटो पुरेका हुन् ।

स्थानीय मानिसको जग्गामा मेयर चौधरीले एकलौटी ढंगमा बाटो खनेको स्थानीय सीताराम चौधरीले बताए । उनले आफूहरु विकास निर्माणको काममा बाधक नहुने भएपनि एकतर्फीमात्र सडक खनिएकाले बाध्य भएर बाटो पुर्नुपरेको बताए । ‘बाटोको पश्चिमपट्टि मात्र ४० फुट बाटो खनियो,’ उनले भने, ‘पूर्वपट्टि बाटो नै खनिएन, हाम्रोतर्फको मात्र जग्गा काटियो ।’ उनले सडक निर्माणमा आफूहरु बाधक नबन्ने भएपनि बराबर बाटो खनिनुपर्ने तर्क गरे ।

स्थानीय खेमराज ओझाले आफूहरुलाई नसोधिकन जग्गामा डोजर चलाउनु खेदजनक रहेको बताए । ‘हाम्रो जग्गामा डोजर चलाउँनु अगाडि एकपटक सोधिनुपथ्र्यो,’ उनले भने, ‘हामीले मेयरसँग यस बिषयमा बुझ्दा मेरो काम हो म गर्छु भनेर पन्छिनुभयो ।’ उनले कतै सडक किनारमा रुख रोपिएपनि कतिपय ठाउँमा अरुकै जग्गा किनारमा रुख रोपिदिएको आरोप लगाए ।

मेयर चौधरीले स्थानीयलाई दुःख दिएको स्थानीय थरेन्द्र अधिकारीले आरोप लगाए । स्थानीयको जग्गामा समन्वय बिना नै सडक खनेकोप्रति उनको आपत्ती थियो । उनले लविपुरदेखि तरहरासम्म ४ किलोमिटर बाटो बन्न लागेको भएपनि मेयर चौधरीले जथाभावी डोजर चलाएका थिए । उनका अनुसार स्थानीय मानिसको जग्गामा चौधरीले समन्वय नै नगरी डोजर चलाएका थिए । यता, मेयर चौधरीलाई भने यस बिषयमा पटक–पटक सम्पर्क गर्ने प्रयास गरिएपनि उनको फोन उठेन ।

तपाइको प्रतिक्रिया
(Visited 321 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनकुटामा सत्ता गठबन्धनमा ‘भाँडभैलो’, वडादेखि पालिका प्रमुखसम्मै दोहोरो उम्मेद्वारी