भेनेजुएला भूकम्पमा मृत्यु हुने संख्या १६४ पुग्यो

काठमाडौं । भेनेजुएलामा आजको भूकम्पमा मृत्यु हुने संख्या १६४ पुगेको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रड्रिगेजका अनुसार भूकम्पमा परी ९ सय ७१ जना घाइते भएका छन्।

बुधबार बिहानै ७.२ र ७.५ रेक्टर स्केलको भूकम्प गएको थियो। यसलाई शताब्दीयताकै ठूलो भूकम्प मानिएको छ। भूकम्पपछि अग्ला भवनहरु भत्किएका थिए। छिमेकी देशहरुमा समेत भूकम्प महशुस गरिएको थियो ।

ला गुएइरा सहरमा भग्नावशेषबाट तीन बालबालिकालाई जीवितै उद्धार गरिएको बताइएको छ। यो सहर काराकासको उत्तरतर्फ छ।

दर्जनौँ भवनहरु भत्किएको कार्यवाहक राष्ट्रपति रड्रिगेजलाई उद्धृत गर्दै एपीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

epaper

ताजा समाचार

सीमा सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीको जोड