फिक्कल माध्यमिक विद्यालयले गर्‍यो उद्यमशीलता प्रदर्शनी

इलाम । सुर्योदय नगरपालिका-१० फिक्कल माध्यमिक विद्यालयले उद्यमशीलता प्रदर्शनी कार्यक्रम आयोजना गरेको छ । विद्यालयमा कामको सञ्चार चिनाउने कार्यक्रम अन्तर्गत उक्त प्रदर्शनी आयोजना गरिएको हो ।

विद्यालयमा विद्यार्थीहरूलाई किताबी ज्ञानमात्र होइन अध्ययन गर्दा गर्दै कामको संसारको जानकारी गराउन सकेमा अध्ययनपश्चात आफ्नो रुची खुबी र क्षमता अनुसारको कामको छनोट र सो प्राप्ति गर्न सजिलो हुने विद्यालयका प्रधानाध्यापक राजेन श्रेष्ठले बताए ।

कार्यक्रमका फोकल पर्सन किरण नेपालका अनुसार विद्यार्थीहरूलाई अध्ययन सँगै कामको संसारमा चिनाउने (School to Work Transition) कार्यक्रम एउटा प्रक्रिया हो जसको माध्यमबाट विद्यार्थीहरूलाई उनीहरुको रुचि, खुबी र आवश्यकता अनुसार सम्भावित वृत्ति मार्गहरू र अवसरहरू पहिचान गर्न सजिलो हुने अपेक्षा राखिएको छ । साथै माध्यमिक शिक्षा पछिको शिक्षा, तालिम र रोजगारीको लागि सहजीकरण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताए ।

काम प्रतिको सम्मानको भावना जागृत गराउने, उद्यमशीलता सम्बन्धी ज्ञान/ सीप र भविष्यमा रोजगारीको लागि चाहिने आवश्यक व्यवहारिक र प्राविधिक सीपको लागि सहजीकरण गर्न आयोजित यो कार्यक्रम ईन्स्योर परियोजना / हेल्भेटास नेपाल परियोजना सहयोग ईकाई, कोशी प्रदेश र सूर्योदय नगरपालिकाको सहयोगमा सञ्चालन भएको हो ।

६ वटा सत्रमा सञ्चालित हुने यो कार्यक्रम गत जेठ २ गते सुरु भई आज पाँचौँ दिन व्यवसायिक योजनाको कार्यान्वयन/प्रदर्शनी सम्पन्न भएको हो । कार्यक्रममा विद्यार्थीहरूले आआफ्ना समूहले तयार पारेका सामग्रीहरू बिक्री वितरण गरेका थिए । शिक्षक रजिन ढुङ्गेल र डिपी कट्टेलले विद्यार्थीहरूलाई व्यवसाय सञ्चालनका लागि चाहिने व्यावहारिक सिप’bout सहजीकरण गरेका थिए ।

कार्यक्रमको अनुगमन ईन्योर परियोजनाबाट आउनु भएका रिसु श्रीबास्तबले गरेका थिए । मूल्याङ्कनका लागि उद्योग वाणिज्य संघका प्रतिनिधिलाई समेत आमन्त्रित गरिएको थियो । १०० भन्दा बढी विद्यार्थी संलग्न रहेको यो कार्यक्रम निकै उपयोगी रहेको त्यहाँ बाट शिक्षक किरण नेपाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित