पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

भोजपुर। पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै ‘शून्य होम डेलिभरी’ कायम भएको छ।

गाउँपालिकाभित्र पाँच वटा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि घरमै प्रसूति हुने प्रचलन पूर्ण रूपमा अन्त्य भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले सबै वडामा सुरक्षित प्रसूति सेवा उपलब्ध भएपछि गर्भवतीलाई स्वास्थ्य संस्थामै प्रसूति गराउन आउनेक्रम बढेको बताउँछन्।

गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले पोषण सुधारका लागि ‘आफैँ पाल्ने, आफैँ खाने’ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन्। उनले उक्त कार्यक्रमअन्तर्गत आमालाई कुखुरा वितरण गरी पोषणयुक्त आहारमा जोड दिइएको बताइन्।

नवजात शिशुको भविष्य सुरक्षित गर्न गाउँपालिकाले विशेष कार्यक्रम पनि अघि बढाएको छ । प्रत्येक नवजात शिशुका नाममा मासिक रु ५०० बैंक खातामा जम्मा गर्ने व्यवस्था गरिएको छ।

स्थानीय बलराम राईले गर्भवतीलाई स्टेचरमा बोकेर अस्पताल पुर्‍याउनुपर्ने बाध्यताको अन्त्य भएको बताए। “अहिले गाउँमै सेवा पाइने भएपछि जोखिम र दुःख दुवै हटेको छ”, उनले भने।

गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकता राख्दै आवश्यक काम गरिरहेको अध्यक्ष किरण राईले बताए।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा महामन्त्रीमा आचार्य निर्वाचित