काठमाडौं । नेपालस्थित जर्मनी दूतावासले राहदानी खरिदसम्बन्धी विषयमा सार्वजनिक भएका समाचारका ’boutमा आफ्नो भनाइ स्पष्ट गरेको छ।
दूतावासले सो सम्बन्धमा आज सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्ट पार्दै जर्मनीस्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मनको संघीय विदेश मन्त्रालयमा भएको बैठकमा उपस्थित हुन निमन्त्रणा गरिएको तर बोलावट नगरिएको जनाएको छ।
साथै दूतावासले कुनै विरोध पत्र वा अन्य कुनै दस्ताबेज हस्तान्तरण नगरिएको स्पष्ट पारेको छ। मुद्दाको प्रक्रियाको नतिजाका आधारमा हुनसक्ने सम्भावित परिणाम’bout कुनै चेतावनी नदिइएको दूतावासले उल्लेख गरेको छ।
“न्यायपालिकाको स्वतन्त्रतालाई जर्मनीले पूर्ण सम्मान गर्दछ। वास्तवमा, यो सिद्धान्त हाम्रो संविधानमै सुनिश्चित गरिएको छ। सिद्धान्ततस् दूतावासले अदालतमा विचाराधीन मुद्दाका ’boutमा टिप्पणी गर्दैन र यस प्रकरणमा पनि कुनै चरणमा टिप्पणी गरेको छैन”, दूतावासले उल्लेख गरेको छ।
सम्बन्धित समाचार
वन्यजन्तुको आक्रमणबाट नौ वर्षमा सत्र बालबालिकाको गयो ज्यान
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
सामुदायिक विद्युतीकरण विस्तारमा समस्या
कृषि अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प
रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ जना समर्थक
एनपीएलको अक्सन मिति घोषणा
महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम






