बारा सशस्त्र प्रहरीद्वारा १५ लाख रुपैयाँ बरामद

बारा । बारास्थित सशस्त्र प्रहरी बल नेपाल न. १२ गणले नगद १५ लाख रुपैयाँ र ३३ हजारभन्दा बढी रुपैयाँको रेडिमेड फेन्सी कपडा बरामद गरेको छ ।
सीमा नाकामा हुने अवैध चोरी निकासी नियन्त्रण गर्न खटिएको सशस्त्र प्रहरी टोलीले आज शनिबार विहान ४ बजे सिम्रौनगढ नगरपालिकास्थित अमरपुर नाकाको नहरचोकबाट नगद र सामान बरामद गरेको हो । सो नगद र सामान भारतबाट नेपालतर्फ ल्याइदै थियो ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी गोलागञ्जका सशस्त्र प्रहरी निरुीक्षक कवीर मल्लको कमाण्डमा खटिएको टोलीलाई देख्नासाथ ती व्यक्ति सामान र नगद पैसा सोही स्थानमा छाडी भारततर्फ भागेका थिए ।
विशेष सुराकीको आधारमा सशस्त्र प्रहरीको टोलीलाई त्यस इलाकातर्फ गस्ती गर्न पठाएको र सामानसहित रकम फेला पार्न सफल भएको दाबी सशस्त्र प्रहरी बल न. १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिग विजय सुवेदीले गरे । नियमानुसार उल्लेखित रकम सम्बन्धित कार्यालयमा बुझाईने पनि उपरीक्षक सुवेदीले बताए ।
यसअघि पनि सशस्त्र प्रहरीले सिमरौनगढ इलाकाबाट एक लाख नक्कली नेपाली रुपैयाँसहित व्यक्ति र सिमरा जितपुर इलाकाबाट स्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिई कारबाही प्रकृया अगाडि बढाएको थियो । तीन दिनअघि मात्रै बारा जिल्लाकै बिस्रामपुर गाउँपालिका क्षेत्रबाट ठूलो परिमाणमा लागूऔषधसहित पक्राउ गरिएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल न. १२ गण बाराले कोभिड १९ नियन्त्रणका लागि बारा जिल्लामा सात वटा बीओपीबाट १७ फरवार्ड पोस्ट निर्माण गरी कार्य गर्दै आएको छ । लक डाउन कार्यान्वयनको क्रममा बारा जिल्लामा सशस्त्र प्रहरी बलको परिचालन मजबुत तथा सिमानाकामा भएको कडाइको परिणाम स्वरुप यस्ता गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरी बलले सफलता प्राप्त गर्न सफल भएको आम बुझाई रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् गोदावरी नगरपालिकाका मेयर आकांक्षी