सप्तरीमा ७ संक्रमित थपिए, ७५ दिनमा संक्रमितको संख्या ७७ पुग्यो

सप्तरी, राजविराज । सप्तरीमा दिनहु कोरोना संक्रमित थपिने क्रम बढदो छ । पछिलो पटक शनिबार पनि ७ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको हो ।

यो सँगै जिल्लामा संक्रमितको संख्या ७७ पुगेको छ । शनिबार संक्रमण पुष्टी भएका सवै ७ जना भारतीय सिमासँग जोडिएको बलान बिहुल गाउँपालिकाका बासिन्दा हुन । जसमध्ये दुई जना महिला पनि छन्् ।

उनीहरु सवै १० दिन अघि भारतबाट घर फर्कि गाउँपालिकाद्वारा बनाइएको क्वारेन्टाईनमा बस्दै आएको र धरान स्थित वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त परिक्षण रिपोर्टले कोरोना पोजेटिभ देखाएको जिल्ला स्वास्थय कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।

लकडाउनको ७५ दिन सम्म पुग्दाको अवधिमा यस अघि ७० जना र शनिबार थप ७ जना गरी संक्रमितको संख्या ७७ पुगेको र सवैको उपचार स्थानिय साई कृष्णा अस्पतालको आईसोलेसन कक्षमा भईरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

हाल सम्म संक्रमण पुष्टी भएका मध्ये दुई जना सुरक्षाकर्मी र एक जना स्वास्थ्यकर्मी पनि छन । कुल १८ स्थानिय तह रहेको जिल्लामा अहिले सम्म १२ वटा स्थानिय तहबाट संक्रमित फेला परि सकेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार बोदेबर्साइन नगरपालिकामा सर्वाधिक २० जनामा कोरोना संक्रमण देखिएको छ । त्यसपछि राजगढ गाउँपालिकाका १३, डाक्नेश्वरी नगरपालिकाका १२, बलान विहुल गाउँपालिकाका ११, हनुमाननगर कंकालिनी नगरपालिकाका ६, राजविराज नगरपालिका र छिन्नमस्ता गाउँपालिकाका ५/५ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै शम्भुनाथ नगरपालिका, खडक नगरपालिका, सुरुङ्गा नगरपालिका, बिष्णुपुर गाउँपालिका र तिरहुत गाउँपालिकाका १÷१ मा गरी कुल ७७ जना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।

लकडाउनकालाई खुकुलो बनाउने सरकारको तयारी चलिरहँदा जिल्लामा दिनहु संक्रमित थपिदै गएपछि स्थानिय अलमल तथा थप चिन्तामा परेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

epaper

ताजा समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन