जनकपुरधाम । धनुषामा करेन्ट लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.५ ललिया पुर्वारी टोलस्थित बेल्ही बाण नजिक आफ्नो खेतमा मोटर चलाउने क्रममा करेन्ट लागेर स्थानीय ५० बर्षिय चन्देश्वर साहको शनिबार मृत्यु भएको हो ।
विद्युतीय मोटर चलाउने क्रममा मोटरबाट विद्युत प्रवाह भई साहलाई करेन्ट लागेको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरिक्षक सुमन थापाले जानकारी दिएका छन ।
यता, विद्युत प्राधिकरणको लापरबाहीका कारण साहको मृत्यु भएको मिथिला बिहारी नगरपालिका वडा नं.५ का वडाध्यक्ष बिनोद मण्डलले आरोप लगाएका छन् । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 312 times, 1 visits today)