Saturday, July 11, 2020
Home प्रदेश प्रदेश २ का कृषि राज्यमन्त्री यादवलाई पदबाट बर्खास्त गर्न नेकपाको माग

प्रदेश २ का कृषि राज्यमन्त्री यादवलाई पदबाट बर्खास्त गर्न नेकपाको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश २ का भुमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवलाई पदबाट बर्खास्त गर्न माग गरेको छ ।

आर्थिक अनियमिततामा संलग्न भएको आरोपप्रति जिम्मेवार हुनुको सट्टा आपराधिक रुपमा प्रस्तुत भएको भन्दै नेकपाले राज्यमन्त्री यादवको राजिनामा माग गरेको हो ।

शुक्रवार नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले सामाजिक संजाल फेसबूकमार्फत प्रदेश सरकार लकडाउनमा पनि भ्रष्टाचारमा व्यस्त रहेको आरोप लगाएका थिए । शनिवार राज्यमन्त्री यादवले प्रेस विज्ञप्तिमार्फत अध्यक्ष साहलाई गालीगलौज गरी झुटा आरोप लगाएपछि नेकपाले पदबाट हटाउन मुख्यमन्त्री लालबाबु राउतसंग माग गरेको हो ।

अध्यक्ष साहका स्वकीय सचिव विजय यादवद्वारा जारी वक्तव्यमा राज्यमन्त्री यादवको राजिनामा माग गर्नुको साथै मानहानी तथा साइबर क्राइमको मुद्दा चलाउन समेत ध्यानाकर्षण गराइएको छ ।

‘राज्यमन्त्री योगेन्द्र यादवले आज निकालेको प्रेस वक्तव्यको सम्बन्धमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । नेकपा प्रदेश २ को अध्यक्ष प्रभु साहले हिजो सामाजिक सन्जाल मार्फत प्रदेश–२ सरकारको कृषि मन्त्रालय अन्तर्गत व्यापक अनिमियता भइरहेको बिषय उठाउनु भएको थियो । यस सम्बन्धमा सरकारको आधिकारिक धारणा आउनु पर्नेमा आज राज्यमन्त्रीले हाम्रा जनप्रिय नेता मा. प्रभु साहज्युमाथि हत्यारा देखी भ्रष्टचारी सम्मको तथानाम गाली गलौज गरी आफ्नो असली चरित्र छरलङ्ग पारेका छन’ वक्तव्यमा उल्लेख छ, ‘प्रदेश २ को प्रमुख प्रतिपक्ष दलको प्रदेश अध्यक्षको हैसियतमा त्यहाँ भइरहेको गलत क्रियाकलाप बारे प्रश्न उठाउदा त्यसको जवाफ दिनु र सुधारनुको सट्टा यसरी मानहानी एवं साइबर क्राइममै उत्रीनु दुर्भाग्य हो । यस्ता अपराधीलाई प्रदेश २ सरकारले तुरुन्त मन्त्री पदबाट हटाउन र कानुनी छानबीनमा सहयोग गर्न जरूरी छ ।’

अध्यक्ष साहले प्रदेशको कृषि मन्त्रालयको संलग्नतामै रौतहट लगायत प्रदेशभरीको कृषि ज्ञान केन्द्रमार्फत आर्थिक अनियमितता भइरहेको भन्दै छानबिन गर्न ध्यानाकर्षण गराएका थिए ।

(Visited 554 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

पहिरोका घाइते भन्छन् : राति १२ बजे ‘लास्ट बर्थडे वीस’ गर्‍यौं, होसमा आउँदा हिलोमा गाडिएका रहेछौँ

कास्की । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही...

काभ्रेमा एकै दिन थपिए ६ जना कोरोना संक्रमित

काभ्रेपलाञ्चोक । जिल्लामा आज (शुक्रबार) एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाँैमा गरिएको पिसिआर परिक्षणमा ६ जनाकै रिपोर्ट पोजेटिभ आएको...

बाढी-पहिरो : उच्च सतर्कतामा बस्न सुरक्षा निकायलाई निर्देशन

जनकपुरधाम । बाढी पहिरोबाट प्रदेश २ मा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन्...

भर्खरै

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन...

बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)