बैतडीमा क्वारेन्टाइनमा बसेका एकजनाको मृत्यू

बैतडी । पाटन नगरपालिका–०६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका एकजनाको आज साझ मृत्यु भएको छ । पाटन नगरपालिका ६ सन्तोली घर भएका ३१ बर्षीय पुरुषको ज्यान गएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका हेल्थ असिष्टेन्ट प्रेमसागर भट्टले बताए । हिजो शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टाइनमा बसेका थिए ।

एक्कासी साँझ साढ ६ बजेतिर बेहोस भएका ती पुरुषको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भएको हेल्थ असिष्टेन्ट भट्टले बताए । मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र स्वाब धनगढी पठाइने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । ती व्यक्तिसँग बेंगलोरबाट अरु १३ जना पनि आज बिहानै पाटन पुगेका बताइएको छ । उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसीरहेका छन् ।

यसअघि मंगलबार पुरचौडीमा समेत एक महिलाको क्वारेन्टाइनमै मृत्यू भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

epaper

ताजा समाचार

अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जित