काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु २० अर्बको ऋणपत्रको बोलकबोलका लागि आह्वान गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर ऋणपत्र २०८४ ‘च’ अनलाइनमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।
ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउने जनाएको छ । काउन्टरपार्टीले ऋणपत्र बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा ४ अङ्कसम्म) उल्लेख गर्नुपर्ने बताइएको छ ।
राष्ट्र बैंकले न्यूनतम रु पाँच करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)
सम्बन्धित समाचार
विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड
नेप्से परिसूचक आठ अङ्कले घट्यो
कालिकोटका सबै स्थानीय तहले ल्याए बजेट
प्रतिनिधिसभामा आर्थिक विधेयकमाथि छलफल
सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत
आर्थिक अपराध हेर्ने छुट्टै निकाय चाहिन्छ: अर्थमन्त्री
ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली
मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव






