काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा शाक्य नियुक्त

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्य नियुक्त भएका छन्।

आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले रिक्त विकास आयुक्त पदमा काठमाडौंका शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।

जानुका ढकालको कार्यकाल सकिएपछि तत्कालीन सहरी विकास मन्त्रालयले वैशाख १७ गते नयाँ विकास आयुक्त नियुक्तिको प्रक्रिया अघि बढाएको थियो।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

epaper

ताजा समाचार

रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते