पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु भएको छ । करिब ३५ वर्षीय रोहित कुमार शुक्रबार दिउँसो ४ बजेर ५० मिनेटमा पौडी खेल्ने क्रममा तालमा डुबेका थिए ।
उनी तालमा डुबेको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिकामातहत फेवा वाच एण्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देबेन्द्र केसीको कमाण्डमा विपद् व्यवस्थापन टोलीले उद्धारका लागि खटिएको थियो ।
उनलाई साँझ ५ बजेर १० मिनेटमा तालको करिब १० फिट गहिराईबाट अचेत अवस्थामा उद्धार गरी तत्काल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । चिकित्सकले ५ बजेर ४० मिनेटमा मृत घोषणा गरेका हुन् । घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखराको प्रमुख पर्यटकीयस्थल फेवातालमा पछिल्लो समय मानवीय क्षतिका घटना दोहोइरहेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)
सम्बन्धित समाचार
दूधमा आत्मनिर्भर बन्दै बागलुङ
गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित
बागलुङमा कुकुरलाई ‘होस्टेल’
हनुमान नाचः तीन शताब्दीको सांस्कृतिक हुङ्कार
संकटमा पर्नसक्छन् १५ लाख मानिस, ३०० तालसहित १५० प्रजाति
गण्डकी प्रज्ञा–प्रतिष्ठान कुलपतिमा न्यौपाने
बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण






