अमेरिकाको मियामी स्टेडियममा भएको रोमाञ्चक क्वाटरफाइनल खेलमा नर्वेलाई २–१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ ।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि थपिएको समयमा निर्णायक गोल गर्दै इग्लयान्डले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । पहिलोपटक क्वार्टरफाइनलमा पुगेको नर्वेले सुरुवाति अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
खेलको ३६औं मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । नर्वेले त्यसलाई जोगाउन सकेन । त्यसको ११ मिनेटपछि पहिलो हाफको इन्जुरी समयमा इंग्ल्यान्डका जुड बेलिंघमले बराबरी गोल फर्काए ।
दोस्रो हाफका दुवैतर्फबाट गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको तेस्रो मिनेटमा बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गर्यो ।
इंग्ल्यान्ड विश्वकप इतिहासमा चौथोपटक सेमिफाइनलमा पुगेको हो । सन् १९६६ मा च्याम्पियन बनेको इंग्ल्यान्ड सन् १९९० र २०१८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । सन् २०२२ मा भने क्वार्टरफाइनलमा रोकिएको थियो ।
सम्बन्धित समाचार
नेदरल्यान्ड पराजित, मोरक्को अन्तिम १६ मा प्रवेश
हाल्यान्डको २ गोलमा ब्राजिल स्तब्ध, (ब्राजिल १–२ नर्बे)
मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा
अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको क्वाटरफाइनलमा
अर्जेन्टिनाको रोमाञ्चक जित
पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा
स्पेन फिफा विश्वकपको सेमिफाइनलमा






