मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक

काठमाडौँ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका निर्णय’bout सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्।

मन्त्रिपरिषद् बैठकले बीउबिजन पहिलो संशोधन नियमावली-२०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। कृषि क्षेत्रसँग सम्बन्धित बीउबिजन व्यवस्थापनलाई थप व्यवस्थित बनाउने उद्देश्यले नियमावली संशोधन गरिएको जनाइएको छ।

त्यस्तै, विपद् खोज तथा उद्धार कार्यमा परिचालन हुने सशस्त्र प्रहरी बल नेपालका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ।

सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशका लागि पदक हासिल गर्ने खेलाडी तथा खेलकुद टोलीका सदस्यलाई सम्मान गर्ने निर्णय गरेको छ। निर्णय अनुसार पदक विजेता खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गरिनेछ।

यसैगरी, नेपाल वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिँदै महाप्रबन्धकको कामसमेत गर्ने गरी नियुक्त गर्ने निर्णय गरिएको छ।

मन्त्रिपरिषद्ले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्या समाधानका लागि विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने जिम्मेवारी गृह मन्त्रालयलाई दिएको छ।

सरकारले यी निर्णयमार्फत प्रशासनिक सुधार, सार्वजनिक सेवा व्यवस्थापन, खेल क्षेत्रको प्रोत्साहन तथा सामाजिक न्यायसँग सम्बन्धित विषयलाई अघि बढाउने जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

epaper

ताजा समाचार

फ्रान्स र स्पेनमध्ये को पुग्ला विश्वकप फाइनलमा ?