काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग भेटवार्ता गर्दैछन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमामा केहीबेरमा सुरु हुनेछ ।
बैठकमा महिला उद्यमशीलताको प्रवर्द्धन, नीतिगत सुधार, उद्योग क्षेत्रमा महिलाको सहभागिता वृद्धि तथा उद्यममैत्री वातावरण निर्माणका विषयमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिबीच छलफल हुने कार्यक्रम रहेको बताइएको छ ।
छलफलमा महिला उद्यमी महासंघका अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा तथा कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनेछन् ।
बैठकमा महिला उद्यमीहरूले आफ्नो क्षेत्रका चुनौती, अवसर तथा सरकारसँगको सहकार्यका सम्भावना’bout सुझाव प्रस्तुत गर्ने बताइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)
सम्बन्धित समाचार
पत्रकार भण्डारी महेन्द्रनगरबाट पक्राउ
गोरखापत्र संस्थानको महाप्रबन्धकमा रावल नियुक्त
त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
नेपाल सरकारको मुख्य सचिवमा कार्की नियुक्त
कञ्चनपुरमा ७१ जना फरार कैदीबन्दी पक्राउ
संसदमा विपक्षी सांसदमाथि किन खनिए गृहमन्त्री ?
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद






