काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप साहले आफूमाथि जारी भएको पक्राउ पुर्जीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन् । उनले आरोपको कानुनी रूपमा सामना गर्ने र सम्पूर्ण कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्ने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साहले आफूलाई बदनाम गर्ने उद्देश्यले योजनाबद्ध रूपमा भ्रम सिर्जना गरिएको र प्रशासनलाई समेत गुमराह बनाइएको आरोप लगाए ।
‘आरोप लाग्नु र दोषी ठहर हुनु फरक कुरा हो। केही दिनमै सत्यता बाहिर आउनेछ । कानुनले आफ्नो काम स्वतन्त्र रूपमा गरोस् । म विधिसम्मत रूपमा आफ्नो कानुनी लडाइँ लड्नेछु र कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्न तयार छु,’ उनले उल्लेख गरेका छन् ।
साहले आफूलाई विश्वास गरेर निर्वाचित गराउने मतदाता तथा समर्थकप्रति आभार व्यक्त गर्दै जनताको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता पनि जनाएका छन् । साहविरुद्ध कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि भएको कुटपिट घटनामा संलग्न रहेको आरोपमा मुद्दा दर्ता भएको छ ।
शर्माले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार अदालतबाट साहविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ र पक्राउ प्रक्रिया जारी छ ।
सम्बन्धित समाचार
एमाले पूर्वसांसद कोइरी पक्राउ
संवैधानिक परिषद्को बैठक बस्दै
संसदमा राजेन्द्र राईको अभिव्यक्तिपछि विवाद
६७ जिल्लाका २४ हजार पीडितलाई ‘न्याय दिने’ प्रतिवेदन कार्यान्वयनमा
माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता






