मानन्धर फाइनलमा

काठमाडौं । नेपालका कराते खेलाडी एवं प्रशिक्षक रवीन्द्र मानन्धर सद्गुरु मास्टर्स अनलाइन कराते काता च्याम्पियनसिप २०२० को फाइनलमा प्रवेश गरेका छन् ।

केरला कराते संघ, भारतको आयोजनामा भएको अनलाइन कराते काता च्याम्पियनसिपमा आफ्ना २१ प्रतिद्वन्द्वीलाई पछि पार्दै मानन्धर ३५–४५ वर्ष उमेर समूह ‘ए’बाट फाइनलमा प्रवेश गरेका हुन् । मानन्धरले सेमिफाइनलमा भारतका खेलाडीलाई पछि पार्दै फाइनल यात्रा तय गरेका थिए । अव उनले उपाधिका लागि १३ जुनमा स्पेनका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

विश्व कराते महासंघ र एसियाली कराते महासंघको नियममा खेलाइएको अनलाइन च्याम्पियनसिपमा ३५–४५, ४५–५५, ५५–६५ र कुबुदो गरी चार विधामा प्रतिस्पर्धा भइरहेको छ । च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने मानन्धर एक्ला नेपाली खेलाडी हुन् । एक महिनादेखि सञ्चालन भइरहेको च्याम्पियनसिपमा जापान, भारत, स्पेन, श्रीलंका, नेपाल, फिलिपिन्स, भियतनाम, भेनेजुएलालगायतको सहभागिता रहेको थियो ।

कोभिड–१९ बाट विश्व आक्रान्त भइरहेको अवस्थामा विश्वका विभिन्न अन्तर्राष्ट्रिय खेल संस्थाहरूले अनलाइनमार्फत खेलाडी तथा प्रशिक्षकलाई क्रियाशील गर्दै आइरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मुलुकभर ८२ हजार २ सय १० जनाद्वारा उम्मेदवारी दर्ता