काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस शुक्रबार विविध कार्यक्रम गरी मनाइँदैछ ।
विसं २००६ वैशाखमा चार जना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले पहिलो पटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गरेका थिए ।
नेकपा खोल्नुभन्दा अगाडि विसं १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरेका थिए ।
विसं १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रुपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गरेका थिए । उनी सहिद गङ्गालालका भाइ हुन् ।
उनले स्थापना गरेको नेकपा विभिन्न चिरामा भए पनि अहिले वामपन्थीहरुको संसद्मा राम्रो उपस्थिति छ र कुनै समूह सदन बाहिरको भूमिकामा छन् । नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् ।
व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बा“च्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उनले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिएनन् ।
नेपाली काङ्ग्रेस लगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहे ।
अध्ययनशील नेताका रुपमा परिचित पुष्पलालसंँग नेपालको वर्तमान स्थितिका ’boutका कार्यदिशा दिने क्षमता रहेको थियो । उनले नेपालको गहिरो इतिहास अध्ययन गर्नाका साथै केही पुस्तक पनि प्रकाशन गरेका छन् ।
पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा शुक्रबार बिहान कीर्तिपुर नगरपालिका, वडा नं ८ चम्पादेवीस्थित पुष्पलाल स्मृति उद्यानमा श्रद्धाञ्जलि सभाका साथै विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको प्रतिष्ठानका सचिव गङ्गालाल तुलाधरले जानकारी दिए ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने श्रद्धाञ्जलिसभा कार्यक्रममा ‘पुष्पलालका छानिएका रचना भाग–१’ र ‘नेपाल कम्युनिस्ट पार्टीको दस्तावेजको सङ्ग्रह भाग–३’ विमोचन गरिने प्रतिष्ठानका उपाध्यक्ष वेदुराम भुसालले बताए ।
यसैगरी पार्टी निकट राष्ट्रिय जनसङ्गीत मञ्चले करिब एक घन्टा १० मिनेटको ‘पुष्पलाल’ पूर्णाङ्की नाटक पनि शुृक्रबार अपराह्न प्रदर्शन गरिने भएको छ । पुष्पलालका विभिन्न समयका चित्र समेत प्रदर्शनी गरिने छ । पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घले ‘पुष्पलाल स्मृति साँझ’ आयोजना गरी विभिन्न गीत तथा साङ्गीतिक कार्यक्रम गर्नेछ । त्यस्तै उनको वृत्तचित्र पनि प्रदर्शन गरिने छ ।
नेपालमा साम्यवादी विचारको प्रचार गर्नका लागि पहिलो पटक कम्युनिस्ट पार्टीको घोषणापत्रको नेपालीमा अनुवाद गरेका पुष्पलालको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।
सम्बन्धित समाचार
पेट्रोल छर्केर आगो लगाएका नेपालीको अवस्था गम्भीर
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
नेपाली मृत्यु प्रकरण: सदन र सडकमा प्रधानमन्त्रीको राजीनामा माग
सर्लाहीमा एक युवकले शरीरमा पेट्रोल छर्केर लगाए आगो
वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
बदलिँदो बजारसँगै बदलिँदै कुमालको पेसा
कञ्चनपुर गोबरग्यास ‘प्लान्ट’ जडान






