क्वारेन्टिनबाट फर्केको दुईदिनपछि मण्डलको मृत्यु

जलेश्वर । महोत्तरी गौशाला नगरपालिका–१० का ४० वर्षीय डोमी मण्डलको मृत्यु भएको छ । यही जेठ ६ गते भारतको हरियाणाबाट स्वदेश फर्किइ क्वारेन्टिनमा बस्दै आएका उनको शनिबार कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएपछि घर पठाइएको र आज मृत्यु भएको गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले मण्डलको मृत्यु कोरोना सङ्क्रमणले नभई कालगतिले भएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

epaper

ताजा समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन