‘नायिकाको साइड बिजनेस हुनुपर्छ’

काठमाडौंकी रुविना थापाको विगतको परिचय मोडल थियो । अहिले उनी नायिकाका रूपमा स्थापित हुँदै छिन् । रुविनाले डेब्यु गरेको चलचित्र ‘लभ डायरिज’ शुक्रबारबाट सिनेमा हलमा रिलिज हुँदै छ । यी अभिनेत्रीले यो चलचित्रमा आफैं आत्मनिर्भर हुने युवतीको भूमिका निर्वाह गरेकी छन् । नयाँ पुस्ताबाट आशा गरेकी अभिनेत्री रुविनालाई पहिलो फिल्म रिलिजसँगै केही फिल्मबाट प्रस्ताव आइसकेको छ । सौरभ चौधरी निर्देशित चलचित्रमा लभ डायरिजमा अभिनेता सुशील श्रेष्ठकी नायिकाका रूपमा रुविना छिन् । यसै प्रसंगमा यी अभिनेत्रीसँग राजधानीका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

मोडलबाट नायिका बन्न कत्तिको संघर्ष गर्नुप¥यो ?
म यस्ती भाग्यमानी युवती हुँ कि मोडलिङबाट सहजै नायिका बन्न सकें । फिल्मको अडिसनमा सहभागी भएपछि म सिधै नायिकामा छानिएँ । यहाँ हजारांै मोडल नायिका बन्नका लागि संघर्ष गरिरहेका छन् । आज नायिकाका रूपमा परिचय बनाउँदै छु ।

सोझै चलचित्रमा छानिएपछि अभिनय गर्न कत्तिको गाह्रो भयो ?
मैले जीवनमा जे भोगें । चलचित्रमा पनि त्यही भूमिका पाएँ । खासगरी म आफैंमा निर्भर युवती हुँ । आफूले मोडलिङ र अन्य कामबाट कमाएर खर्च चलाएकी छु । आफैंले केही गर्नुपर्छ, परिवारलाई आर्थिक रूपमा दुःख दिनुहुन्न भन्ने मेरो मान्यता छ । मेरो जे इमोसन छ, मेरो जे संघर्ष र दैनिकी छ, यो चरित्रको पनि ठयाक्कै त्यस्तै छ । त्यसैले आफ्नो जीवन भोगाइ नै मलाई यस चलचित्रमा नायिकाको भूमिका निर्वाह गर्न काफी बन्यो ।

नवनायिका थुप्रै आएका छन् । आउँदा दिनमा काम गर्न तपाईंलाई कत्तिको सजिलो छ त ?
पहिलो चलचित्रमा मैले जति सजिलैसँग काम गरें । अब आउने दिनमा मलाई काम गर्न निकै गाह्रो छ । मैले यो चलचित्रको सञ्जनाको जस्तो सजिलो चरित्र अब पाउँदिनँ । तर, कलाकार भएपछि जस्तो भूमिका आए पनि निर्वाह गर्नुपर्छ । त्यसका लागि मैले अब अभिनयलगायत विभिन्न प्रशिक्षण लिन आवश्यक देखेको छु । त्यसमा पनि थुप्रै नवनायिकाहरू यो क्षेत्रमा आएकाले र सिनियर नायिकाहरूसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने भएकाले त्यसको तयारी गर्नुपर्छ । जसका लागि म अभिनयदेखि धेरै कुरा अब सिक्ने योजनामा छु किनकि एउटा सानो बच्चालाई हिँड्नु ठूलो कुरा हो । मेरा लागि सिनेमामा आउनु ठुलो कुरा हो । अब मैले हिँडेर मात्र पुग्दैन, अभिनयमा दौडेर अरूलाई उछिन्नुपर्छ ।

यसका लागि त फिल्ममा पूरा समय दिनुपर्छ नि । त्यो सम्भव छ त ?
त्यही त गाह्रो छ त । अहिले नै पूर्ण रूपमा समय दिएर सिनेमाको कमाइले मात्र कलाकार सम्पन्न हुने अवस्थामा चलचित्र उद्योग पुगेको छैन । किनकि त्यो प्रकारको पारिश्रमिक यहाँ पाइँदैन । त्यसैले सो क्षेत्रमा टिक्न साइड बिजनेस हुन आवश्यक छ । मसँग अहिले साइड बिजनेस छ । त्यसैले सिनेमामा समय दिएर स्थापित हुन सक्छु भन्ने विश्वास छ ।

यो भ्यालेन्टाइनमा आउने लभ डायरीमा आफुलाई एउटा सफल प्रेमिकाका रूपमा प्रस्तुत गर्न सक्नु भएको छ त ?
अवश्य, निर्देशकले दिनुभएको जिम्मेवारी पूर्ण रूपमा निर्वाह गरेकी छु । लामो समय अभिनय कार्यशालामा बसेर यो चलचित्रमा काम गरेकी हुँ । २ फागुनबाट रिलिज हुने यो चलचित्रमा प्रेमका अविस्मरणीय पल प्रस्तुत गरिएको छ । मेरो अभिनयले दर्शकलाई खुसी नै बनाउँछ भन्ने विश्वास लिएको छु ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमभित्र ‘पावर सेयरिङ’ बैठक तीब्र

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९