काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति सुरक्षाको परिस्थिति’bout सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन् ।
गृहमन्त्री सुधन गुरुङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिम’bout विस्तृत जानकारी लिएका हुन् ।
ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्त्वहरूमाथि कडा निगरानी राख्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिएका छन् ।
सम्बन्धित समाचार
माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह
विशेष अदालतको आदेशपछि विष्णु पौडेल रिहा
लुम्बिनीमा काँग्रेसका मन्त्रीले राजीनामा दिँदै
लुम्बिनी सरकारबाट कांग्रेसका पाँचै मन्त्रीको राजीनामा
प्रधानमन्त्री बालेनको सचिवालयवाट माधव खनाल ‘आउट’






