प्रधानमन्त्री बालेनको सचिवालयवाट माधव खनाल ‘आउट’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयमा कार्यरत माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । प्रधानमन्त्री बालेनले खनालको व्यक्तिगत गतिविधि र आचरण चित्त नबुझेपछि जिम्मेवारीबाट हटाएका हुन् ।

प्रधानमन्त्री साह काठमाडौं महानगरपालिकाको मेयर हुँदैदेखि उनको सचिवालयमा रहेका रुपन्देहीका खनालले श्रीमती बबिता तिवारी र भाउजू बिना न्यौपानेलाई लेनदेनको निहुँ पारेर घर निकाला गरेको पारिवारिक गुनासो सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । उक्त गुनासो सार्वजनिक भएपछि खनाल विवादमा तानिएका थिए । श्रीमतीसँग छुट्टीभिन्नको मुद्दा अदालतमा बिचाराधीन छ ।

प्रेम विवाह गरेकी पत्नीलाई खान,लाउन नदिएर घर निकाला गरेको व्यक्तिलाई प्रधानमन्त्रीले सचिवालयमा राखेको समाचार गत बुधबार एक साप्ताहिकमा सार्वजनिक भएको थियो ।

डेढ महिनाअघि भएको राहदानी (पासपोर्ट) प्रकरण, त्यसपछिको उनको भूमिका तथा अन्य व्यक्तिगत गतिविधि पनि संकास्पद रहेको स्रोतको दाबी छ । उनलाई टिममा राख्दा प्रधानमन्त्रीकै प्रतिष्ठामा आँच आउने भएपछि अन्ततः उनलाई सचिवालयबाटै हटाइएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 302 times, 1 visits today)

epaper

ताजा समाचार

तस्बिरमा हेर्नुहोस्- झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर