बागमतीको सत्ता संकट टुंग्याउन सर्वदलीय बैठक जारी

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आह्वान गरेको सर्वदलीय बैठक जारी छ।

सोमबार (आज) दिउँसो बागमती प्रदेश सुशासन केन्द्र, ललितपुरमा सुरु भएको बैठकमा प्रदेशको पछिल्लो राजनीतिक अवस्था र सरकारको भविष्य’bout छलफल भइरहेको बताइएको छ।

बैठकमा सहभागी नेताका अनुसार वर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्दै प्रदेशमा देखिएको राजनीतिक अन्योल अन्त्य गर्ने उद्देश्यले मुख्यमन्त्री बानियाँले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

बैठकमा बदलिँदो राजनीतिक परिस्थिति, प्रदेश सरकारको निरन्तरता तथा सम्भावित राजनीतिक सहमतिका विषयमा विभिन्न दलका नेताहरूबीच छलफल भइरहेको छ।

मुख्यमन्त्री बानियाँले प्रदेशमा देखिएको राजनीतिक तरलतालाई अन्त्य गर्दै निकास निकाल्ने गरी संवाद अघि बढाइएको बताएका छन्।

उनका अनुसार बैठकमा वर्तमान राजनीतिक संकट अन्त्य गर्न आवश्यक संवाद अघि बढाइँदैछ। साथै, प्रदेश सरकारको निरन्तरता सुनिश्चित गर्न प्रदेशसभाको सबैभन्दा ठूलो दललाई विश्वासको मत दिएर सरकारलाई निरन्तरता दिने प्रस्ताव’bout पनि दलहरूबीच छलफल भइरहेको छ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। त्यसयता प्रदेशको नयाँ राजनीतिक समीकरण’bout विभिन्न दलबीच छलफल चलिरहेका बेला सर्वदलीय बैठकलाई प्रदेशको राजनीतिक निकास खोज्ने प्रयासका रूपमा हेरिएको छ।

बैठकमा मुख्यमन्त्री बानियाँ सहित निर्वतमान मुख्यमन्त्री बहादुर सिंह लामा, नेकपा बागमती संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, राप्रपा संसदीय दलका नेता उद्धव थापा, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा सचेतक रत्न ढकाल, हानेपा संसदीय दलका नेता शैलेन्द्र बज्रचार्य र नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाइ सहभागी छन्।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

ताजा समाचार

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण