प्रदेश २ मा थप १९६ मा कोरोना संक्रमण पुष्टि, संक्रमित १५७३

जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा १ सय ९६ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सप्तरी जिल्लामा ६ जना, सिरहा जिल्लामा १३ जना, धनुषा जिल्लामा २२ जना, महोत्तरी जिल्लामा ४४ जना, सर्लाही जिल्लामा ४३ जना र रौतहट जिल्लामा ६८ जना व्यक्तिमा संक्रमण पुष्टि भएको हो । यो सँगै यस प्रदेशमा संक्रमितको संख्या १ हजार ५ सय ७३ पुगेको प्रदेश २ का समाजिक विकास मन्त्रालयले जनाएको छ । धनुषा जिल्लाको मिथिला नगरपालिकामा ११ जना,विदेह नगरपालिकामा ७ जना र जनकनन्दनी गाँउपालिकामा ४ जना गरि कुल २२ जनामा व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

महोत्तरी जिल्लामा जलेश्वर नगरपालिकामा सञ्चालिते क्वारेन्टाईनमा रहेका ६ जना महिला र २५ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी महोत्तरी जिल्लाकै मनरा सिस्वा नगरपालिकामा सञ्चालित क्वारेन्टाईनमा रहेका १३ जना पुरुषहरुमा समेत कोरोना संक्रमणको पुष्टि भएको हो ।

सप्तरी जिल्लाको छिपरमाई गाउँपालिकाको क्वारेन्टाईनमा रहेका १ महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको छ । सिरहा जिल्लाको सिरहा नगरपालिकास्थित सत्य नारायण सूर्य नारायाण मरबैता यादव क्याम्पसको क्वारेन्टाइनमा रहेका ११ जना, बरियारपट्टी माध्यमिक विद्यालयमा १ जना र खुशीपुरमा १ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

प्रदेश २ मा बुधबारसम्म २९ हजार ९ सय ५१ जना व्यक्तिको थ्रोट स्वाब परिक्षण गरिएकोमा १ हजार ५ सय ७३ जना संक्रमित भएका छन् भने १३ हजार ८ सय १६ जनाको नेगेटिभ नतिजा आएको छ । त्यस्तै १४ हजार ५ सय ६५ जनाको नतिजा आउन बाँकी रहेको छ ।
आरडिटी तर्फ अहिलेसम्म १२ हजार ३ सय ६७ जनाको परीक्षण गरिएकोमा ५ सय ५३ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ११ हजार ८ सय १४ जनाको रिपोर्ट नेगेटिभ आएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा संक्रमित १ हजार ५ सय ७३ मध्ये सबैभन्दा बढि रौतहटका ४ सय ७६ जना रहेका छन् । त्यस्तै ४ सय १४ जना सर्लाहीका,१ सय २२ जना पर्साका,१ सय ६७ जना महोत्तरीका,१ सय ४४ जना धनुषाका,१ सय ११ जना सप्तरीका,७७ जना बाराका र ६२ जना सिरहाका व्यक्तिहरु छन् ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार ५ सय ४८ बेड क्षमताको ४ सय २६ वटा क्वारेन्टाइनमा अहिले १९ हजार ७ सय ६९ जनालाई राखिएको छ भने ७ हजार ८ सय ७२ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ ।

प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ३ सय ६१ बेड क्षमताको आईसोलेशनमा ७ सय ४९ जना बिरामीलाई भर्ना गरिएको छ ।
प्रदेश नम्बर २ का बिभिन्न अस्पतालहरुबाट पछिल्लो २४ घण्टामा ३६ जना डिस्चार्ज भएसँगै अहिलेसम्म २ सय ९९ जना व्यक्तिहरु उपचार पश्चात निको भएर आ–आफ्नो घर फर्किसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

epaper

ताजा समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन