जंगली च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमति अस्पतालमा

बाजुरा । बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामे थापाको जंगली च्याउँ खाएर मृत्यु भएको छ। भने उनकी श्रीमतिको अवस्था समेत गम्भीर भएका कारण ५० वर्षीया नाम्सरी थापाको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेका छ । उनिहरुले सोमबार साँझ जंगली च्याउ खाएपछि अचानक बिरामी परेका थिए ।

दुवै जनालाई राति नै उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अस्पतालमा चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने क्रममा राति १०ः४० बजे रामे थापालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रबक्ता नरेश शाहीले जानकारी दिएका छन ।

गम्भीर बिरामी परेकी नाम्सरी थापाको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको कमाण्डमा प्रहरी टोली घटना’bout आवश्यक अनुसन्धानका लागि खटिएको छ ।

मृतकको शव जिल्ला अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना’bout थप अनुसन्धान भइरहेको छ । वर्षायाममा जंगलमा उम्रने अपरिचित च्याउ सेवन नगर्न तथा पहिचान नभएका च्याउ खानबाट बच्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

सुदूरपश्चिमका रास्वपा सांसदले प्रधानमन्त्रीलाई के-के समस्या सुनाए ?