नीति, कार्यक्रम तथा बजेटका विषय समेटिएको पुस्तिका सार्वजनिक

विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३÷८४ को नीति, कार्यक्रम तथा बजेटसम्बन्धी विषयवस्तु समेटिएको पुस्तक सार्वजनिक गरेको छ ।

पुस्तक सार्वजनिक गर्दै महानगरपालिका कावा अध्यक्ष मधुबाबु तिवारीले महानगरपालिकाभित्र सञ्चालित योजना र नीति तथा कार्यक्रम एवं बजेटमा समावेश विषयवस्तु’bout नगरवासीलाई जानकारी गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पुस्तकमा समावेश भएका योजना र कार्यक्रम’bout आमजनतालाई सुसूचित तुल्याउने उद्देश्यले पुस्तक तयार गरी सार्वजनिक गरिएको महानगरपालिकाका– ११ का वडाध्यक्ष तीथेन्द्र न्यौपानेले बताए ।

कूल रु तीन अर्ब ६८ करोड ४७ का योजना तथा कार्यक्रम समावेश भएको त्यस पुस्तकबाट योजना कार्यान्वयन’bout जानकारी लिन र कार्यान्वयन गर्न सहज हुने विश्वास लिइएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले पुस्तकले जनप्रतिनिधिलाई जिम्मेवारी र दायित्वको बोध गराउने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

ज्यान मार्ने धम्की, नशालु पदार्थ र करणी आरोप : मोरङमा तीन जना पक्राउ