रूपन्देही । पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका वडा नं। ३ छहरागैरामा गएराति भएको टिप्पर दुर्घटनामा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–३ सिसुवाका ३५ वर्षीय हेमबहादुर लम्तरी छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बुटवलबाट पाल्पा सदरमुकाम तानसेनतर्फ जाँदै गरेको लु२ख १७१९ नम्बरको खाली टिप्पर गएराति करिब ११ बजे छहरागैरामा आफैँ अनियन्त्रित भई सडकबाट करिब १ सय २० मिटर तल खोल्सामा खसेको थियो ।
दुर्घटनाको जानकारी पाएपछि प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले घाइते चालक लम्तरीको उद्धार गरी उपचारका लागि बुटवल पठाएको थियो। उनको बुटवलस्थित मर्सी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)
सम्बन्धित समाचार
तिनाउमा बाढी, सतर्क रहन विभागको आग्रह
च्याउ खोज्न जंगल गएका १४ महिला बेपत्ता
बाढी–पहिरोले पाँच प्रमुख राजमार्ग अवरुद्ध
रेसुङ्गा –१० का वडासदस्य प्रशासन कार्यालयमै कुटिए
चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
वर्षासँगै बाढीपहिरो जाँदा अवरुद्ध छन् यी ८ सडक
आज यी ११ प्रमुख राजमार्ग अवरुद्ध






