आयल निगम कार्यकारी निर्देशकमा साह नियुक्त

NOC Nepal Oil Corporation - 2

काठमाडौं । देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य भइरहेका बेला सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको प्रमुख कार्यकारीको जिम्मेवारी दिने निर्णय गरेको हो। मुख्यसचिव गोविन्दबहादुर कार्कीका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत छनोट गरेको उत्कृष्ट तीन उम्मेदवारमध्येबाट साहलाई नियुक्त गरिएको हो।

साह यसअघि पनि नेपाल आयल निगममा विभिन्न जिम्मेवारी सम्हालिसकेका अनुभवी अधिकारी हुन्। अन्तिम प्रतिस्पर्धामा कौशल केसी र सञ्जीवकुमार देवसँग प्रतिस्पर्धा गर्दै उनी कार्यकारी निर्देशकमा नियुक्त भएका हुन्।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

epaper

ताजा समाचार

एआई डेटा सेन्टरका लागि अमेजनको विशाल ग्यास प्लान्ट निर्माण हुने