‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) गोपाल हमालले कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि एमबीबीएस अध्ययन सुरु नभए आफू अनशनमा बस्ने घोषणा गरेका छन् ।

सोमबार डोटीको बुडरमा आयोजित कार्यक्रममा बोल्दै मेयर हमालले विश्वविद्यालय सञ्चालनमा ढिलाइ गर्न नहुने भन्दै आवश्यक परे आन्दोलनको नेतृत्व आफूले गर्ने बताए ।

उनले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमका नागरिकको एक पुस्तादेखिको सपना र माग भएको उल्लेख गर्दै पदाधिकारी को हुने रु भन्ने विषयभन्दा विश्वविद्यालय सञ्चालन र पठनपाठन सुरु हुनु नै मुख्य कुरा रहेको बताए ।

मेयर हमालले भने, ‘हाम्रो अपेक्षा यही शैक्षिक सत्रबाट एमबीबीएसको पढाइ सुरु होस् र अस्पताल पनि पूर्ण रूपमा सञ्चालनमा आओस् । यदि यसै शैक्षिक सत्रदेखि पढाइ सुरु भएन भने म स्वयं अनशनमा बस्छु । आवश्यक परे आन्दोलनको नेतृत्व पनि मैले नै गर्नेछु ।’

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था