काठमाडौंमा हुने भनिएको तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन किन रोकियो ?

काठमाडौं । काठमाडौंमा भदौ पहिलो साता हुने भनिएको तिब्बती मामिलाको अन्तर्राष्ट्रिय सम्मेलन तयारी लगभग पूरा भइसकेपछि स्थगन गरिएको छ । चीन सरकारले आपत्ति जनाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजकलाई सम्मेलन रोक्न आग्रह गरेको हो ।

आइटीएसको १७ औं सम्मेलन यसपटक नेपालमा आयोजना गर्ने तयारी गरेको थियो । सम्मेलनमा ३९ देशका तिब्बत मामिला विज्ञ र प्राध्यापकहरू सहभागी हुने आयोजकले जनाएको थियो । सम्मेलनमा दलाई लामा प्रशासित धर्मशालाको प्रतिनिधिसमेत सहभागी हुने भएकाले सरकार सशंकित बनेको हो ।

यद्यपि गृहमन्त्री सुधन गुरुङले गत साता कान्तिपुरलाई दिएको अन्तर्वार्तामा सम्मेलन नेपालमा आयोजना हुने र सुरक्षाको समस्या नरहेको बताएका थिए । गृहमन्त्रीको अभिव्यक्तिपछि चीनको चासो झनै बढेको थियो । परराष्ट्र मन्त्रालयले पनि सम्मेलन रोक्न उचित हुने अनौपचारिक सन्देश प्रधानमन्त्रीलाई दिएको थियो ।

सरकारले आयोजक काठमाडौं विश्वविद्यालयको हिमालय सेन्टर फर एसियन स्टडिज र सेन्टर फर बुद्धिष्ट स्टडिजलाई सम्मेलन रोक्न आग्रह गरेको हो । सम्मेलनमा धर्मशालाका प्रतिनिधि औपचारिकरूपमा सहभागी हुने भनिएको थिएन तर उनीहरू अनौपचारिक र व्यक्तिगतरूपमा आएर स्वतन्त्र तिब्बतको पक्षमा बोल्ने जानकारी प्राप्त भएपछि सरकार सचेत बनेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

epaper

ताजा समाचार

गायक थानेश्वरको स्वरमा आयो ‘लज्जावती’ को मर्मस्पर्शी गीत