काठमाडौं । चलचित्र विकास बोर्डको विशेष कार्यक्रम ‘ओल्ड इज गोल्ड’ अन्तर्गत नेपालको पहिलो नेपाली चलचित्र ‘आमा’ को विशेष प्रदर्शन गरिएको छ।
‘आमा’ चलचित्रका कलाकार भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र विमला श्रेष्ठको उपस्थितिमा विशेष प्रदर्शनी गरिएको हो। कार्यक्रममा हरिवंश आचार्य र चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष कृष्ण मल्लले चारै कलाकारलाई माला लगाएर स्वागत गरे।
त्यसपछि भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र विमला श्रेष्ठले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन्। कार्यक्रममा चारै जना कलाकारले ‘आमा’ चलचित्र निर्माणको अनुभव, तत्कालीन नेपाली चलचित्र क्षेत्रको अवस्था र चलचित्रसँग जोडिएका स्मरणहरू सुनाएका थिए।
कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डीसीले अब हरेक महिना एउटा ऐतिहासिक नेपाली चलचित्रलाई चलचित्र हलमै विशेष प्रदर्शन गर्ने घोषणा गरे। यस्ता विशेष प्रदर्शनबाट उठ्ने रकम चलचित्रकर्मी कल्याणकारी कोषमा जम्मा गरिने डीसीले बताए।
चलचित्र विकास बोर्डले ऐतिहासिक नेपाली चलचित्रको संरक्षण, प्रवर्द्धन र पुनःप्रदर्शनलाई निरन्तर अभियानका रूपमा अगाडि बढाउने जनाएको छ।
सम्बन्धित समाचार
भक्ति सङ्गीतको १६औँ शृङ्खला सम्पन्न
‘गौंथली’ बन्यो सर्वाधिक कमाउने १२औं फिल्म
गायक थानेश्वरको स्वरमा आयो ‘लज्जावती’ को मर्मस्पर्शी गीत
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक
आजको मौसम : एक दुई स्थानमा भारी वर्षाको सम्भावना






