देशका ९०% मा निराशा छ : खगेन्द्र लामिछाने

काठमाडौं । कलाकार खगेन्द्र लामिछानेले देशका ९० प्रतिशत निराशामा रहेको जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका दुई तिहाई सरकार बनेको चार महिना पछि अभिनेता लामिछानेले देशका ९० प्रतिशत मानिस निराशमा रहेको उल्लेख गरेका हुन् ।

‘मेरो स्वभाव अलि गफ गर्नुपर्ने भएकोले संयोगले भेट हुने मानिसहरुसँग मैले कुरा गर्छु, त्यस्ता मानिसहरुमा सबै वर्ग र क्षेत्रका पर्छन् तर भेट भएका लगभग ९० प्रतिशत मानिसहरु भविष्यप्रति एकदमै निराश छन्, यो वर्तमानको यथार्थ हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन। 

कलाकारले कलाकारिता क्षेत्रमा भविष्य देखेन भने ऊ निराश भएर त्यो क्षेत्र छोड्ने गरेको जनाउँदै उनले अगाडी लेखेका छन, ‘देशको लागि निराशा सबैभन्दा घातक रोग हो । त्यसैले नागरिकमा जन्मेको यो चरम निराशालाई बेलैमा उपचार गरौँ है । सुन्दा त यो कुरा अलि बढी सैद्धान्तिक लाग्छ तर यो कुरा अलि ठूलो स्केलको तर आँखाले प्रत्यक्ष नदेखिने मनोभावरुपी ठूलो रोग हो।’

‘टलकजंग भर्सेज टुल्के’ तथा ‘पशुपतिप्रसाद’ मात्रै होइन, रास्वपालाई चुनाव जिताउने बातावरण तयार पार्नका लागि बनाइएको आरोप लागेको ‘दिमाग खराब’ चलचित्रका प्रमुख अभिनेता लामिछानेले आफ्नो पछिल्लो अनुभव सामाजिक सञ्जालमार्फत सेयर गरेका हुन् ।

‘नेताहरुले बोल्ने सही शव्द, वाक्य र भविष्यप्रति आशा जगाउने कुराहरुले यो रोग लागेका मानिसहरुलाई तत्कालका लागि मल्हमको काम गर्छ । त्यसकारण नेताज्यूहरु, समयमै उपचार शुरु गरौँ । नत्र अब आउने ठूलो संकटलाई कसैले पनि थेग्न सक्दैन,’ उनले चेतावनी पनि दिएका छन् ।
 

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

epaper

ताजा समाचार

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक