कियारा अभिनित टक्सिकको पोस्टर रुचाए दर्शकले

मुम्बई । बलिउडकी चर्चित अभिनेत्री कियारा आडवाणीले हालै आफ्नो जन्मदिन मनाइन् । खासमा उनी उनको आगामी चलचित्र ‘टक्सिक’लाई लिएर चर्चामा पनि रहेकी छिन् ।

चलचित्रमा उनको भूमिकालाई लिएर प्रशंसकहरू उत्साहित पनि रहेका छन् तर केही दर्शकहरूलाई भने यसको प्रचार प्रसार सामग्रीमा मुख्यतया रकिङ स्टार यशलाई मात्र प्राथमिकता दिइएको र महिला पात्रहरूलाई भने पर्याप्त महत्त्व नदिइएको महसुस गरेका छन्।

यसै सन्दर्भमा, चलचित्रका निर्माताहरूले कियाराको जन्मदिनको विशेष अवसर पारेर उनीसहितको नयाँ पोस्टर सार्वजनिक गरेका थिए । साथै, कियाराले आफ्नो भूमिका र चलचित्रमा महिला पात्रहरूको महत्त्व’bout आफ्ना विचारहरू खुलेर व्यक्त गरेकी छिन्। कियारा यस चलचित्रमा ‘नादिया’ को भूमिकामा देखिने छिन्। दर्शकले उनको नयाँ पोस्टर निकै मन पराएका छन्।

एक अन्तर्वार्तामा कियाराले भनिन् ‘जब मलाई चलचित्रको कथा सुनाइयो, तब म निकै प्रभावित भएकी थिइन् । ‘नादिया’ को पात्रलाई निकै गहिराइपूर्वक लेखिएको थियाे । यसमा भावना विविधता पाइन्छ, कोमलता, दृढता र एक्लोपनको अनुभूति यस भूमिकाका अभिन्न पक्षहरू हुन् ।’ 

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

epaper

ताजा समाचार

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब