‘गौंथली’ बन्यो सर्वाधिक कमाउने १२औं फिल्म

काठमाडौं । डा. कपिल रिजाल निर्देशीत फिल्म ‘गौंथली’ को व्यापार साढे १३ करोड रूपैयाँ नाघेको छ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार, फिल्मको ग्रस कलेक्सन १३ करोड ६४ लाख ४६ हजार ५३५ रूपैयाँ पुगेको छ। फिल्मका चार लाख ९४ हजार ९१५ टिकट बिक्री भएका छन्। साउन १ गतेदेखि प्रदर्शनमा आएको यस फिल्मले १७ दिनमै यो कमाइ गरेको हो।

‘गौंथली’ यस वर्ष सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म हो। यसले यसअघि प्रदर्शनमा आएका थुप्रै चर्चित फिल्मको बक्स अफिस कमाइलाई समेत पछि पारेको छ।

अहिलेसम्मको बक्सअफिस तथ्याङ हेर्दा यो फिल्म नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने सूचीको १२औं स्थानमा छ। यस फिल्मले ‘जेरी अन टप’ (१२ करोड २८ लाख), ‘शत्रु गते’ (१२ करोड ६५ लाख) र ‘आबाट आमा’ (१३ करोड २० लाख) को लाइफटाइम कलेक्सनलाई समेत उछिनेको छ।

डा. भोला रिजालको कथा रहेको फिल्ममा अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। फिल्मका निर्माता सुमन गिरी र कपिल रिजाल हुन्।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

epaper

ताजा समाचार

सुनकोशी कार दुर्घटना अपडेट: ३ जना वेपत्ता