धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक कार्यक्रमबाट ३८ हजार सात सय ९३ बिरामीले स्वास्थ्य सेवा लिएका छन् । गत आर्थिक वर्ष २०८२÷८३ मा सो कार्यक्रमबाट ३८ हजार सात सय ९३ बिरामीले स्वास्थ्य सेवा लिएका हुन् ।
उक्त कार्यक्रमका श्रोतव्यक्ति कृष्ण बोहराका अनुसार गत आवमा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २९ हजार तीन सय ६२ महिला र नौ हजार चार सय ३१ जना पुरुषले निःशुल्क विशेषज्ञ सेवा लिएका छन् ।
ग्रामीण क्षेत्रका गरिब तथा विपन्न नागरिकलाई लक्षित गर्दै सुरु गरिएको उक्त कार्यक्रममा एक जना जनरल फिजिसियन, एक जना स्त्री तथा प्रसूतिरोग विशेषज्ञ चिकित्सकका साथै गेटा आँखा अस्पताल तथा धनगढी नेत्रालयको सहकार्यमा आँखारोग विशेषज्ञबाट निःशुल्क सेवा प्रदान गरिएको उनले जानकारी दिए ।
उक्त कार्यक्रमबाट २३ हजार ४२ जनाले जलरल फिजिसियनबाट,पाँच हजार नौ सय ३६ महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट र नौ हजार आठ सय १५ जनाले आँखा रोग सम्बन्धी सेवा लिएका श्रोतव्यक्ति बोहराले जानकारी दिए ।
क्लिनिकमा २४ हजार नौ सय जनाले प्रयोगशाला सेवा, चार हजार एक सय ८० जनाले ईसीजी सेवा, पाँच हजार ९९ गर्भवति महिलाले सेवा लिएकामा एक हजार आठ सय ७२ जनाले अल्ट्रासाउण्ड सेवा लिएका उनले जानकारी दिए ।
उनका अनुसार ७० वर्षभन्दामाथिका आठ हजार सात सय ९३ जनाले सेवा लिएका छन् । उक्त कार्यक्रम हरेक महिना १९ वटै वडामा सञ्चालन गर्ने गरिएको उनले बताए ।
वि.सं. २०७९ को स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा गोपाल हमाल निर्वाचित भएपछि वि.सं.२०७९ कै साउनबाट उनले उक्त कार्यक्रम सुरु गरेका थिए ।
अघिल्लो आर्थिक वर्ष २०८१–८२ मा उक्त कार्यक्रमबाट ३३ हजार एक सय ४१ महिला र ११ हजार तीन सय १० पुरुष गरी ४४ हजार चार सय ५१ जनाले सेवा लिएका उपमहानगरपालिकाले जनाएको छ ।
सम्बन्धित समाचार
गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह
सुप विश्वविद्यालयका ८३ विद्यार्थी इन्टर्नसीपबाट लाभान्वित
डडेल्धुराको सडक सीमा विवाद समाधानउन्मुख
‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
सुदूरपश्चिममा धनगढीबाट पहिलो पटक भूमि प्रशासन सेवा सुरु
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
कार्यस्थलमा स्तनपान कक्षको अभाव
नेशनल प्याब्सन कोशी प्रदेशको ‘फोनिक्स ध्वनि प्रशिक्षण’ सम्पन्न






