सोती घटनालाई तोडमोड गर्न खोजिएको आरोप

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा जेठ १० गते भएको घटनालाई तोडमोड गर्न खोजिएको आरोप सोती हत्याकाण्ड संघर्ष समितिले लगाएको छ । समितिले ६ षडयन्त्र सार्वजनिकसमेत गरेको छ । अन्तरजातिय प्रेम सम्बन्धका कारण भएको घटनामा चलखेल हुन थालेको भन्दै घटनाको केही दिनपछि जाजरकोटमा गठन गरिएको संघर्ष समितिले पत्रकार सम्मेलनमार्फत घटनालाई तोडमोड गर्ने छ वटा षड्यन्त्र भएको निष्कर्ष निकालेको छ ।

घटनालगत्तै तत्काल सुरक्षा परिचालन र बस्ती सिल किन गरिएन ? भन्दै पश्चिम रुकुमको चौरजहारीबाट गएको घटनाको प्रत्यक्षदर्शी नेपाल प्रहरीले घटनालाई नियन्त्रणका लागी कुनै प्रयास नगरेको, सोतीका स्थानियले भेरीनगरपालिका ४ का नवराज विक सहित ६ जना युवाको हत्या गरेको र अन्य १२ जनालाई घाइते बनाउँदा पनि प्रहरी मुकदर्शक बनेको आरोप लगाईएको छ । त्यस्तै १२ युवालाई घाइते अवस्थामै पक्राउ गरि नियन्त्रणमा लिएको तर आक्रमणकारीलाई घटनास्थलमै छाडिएको र घटना घटेको २० घण्टा सम्म पनि प्रहरी घटनास्थलमा नआउनुलाई समितिले प्रहरीको गंभिर त्रुटी र षडयन्त्र भनेको छ ।

घटना पश्चात रुकुमका प्रहरी अधिकारी किन परिवर्तन गरियो रु अनुसन्धान अधिकृत प्रहरी निरीक्षक जिल्ला बाहिरबाट ल्याईनु र डिएस्पीको दरबन्दी रहेको जिल्लामा एसएसपीको नेतृत्वमा अनुसन्धान थालिनु कतै राजनैतिक हस्तक्षेप र घटनालाई तोडमोड गर्ने प्रयास त होइन भन्दै समितिले प्रश्न उठाएको छ ।

सर्जिमिन मुचुल्कामा किन फरक रु सर्जिमिन मुचुल्का र पोष्टमार्टममा सवै विवरण पिडित परिवार र शव उद्धारमा खटेका स्थानियको बुझाई र देखाई भन्दा फरक मुचुल्कामा उल्लेख गरिनु पनि घटनालाई तोडमोड गर्ने षडयन्त्रका रुपमा समितिले प्रेस नोटमा उल्लेख गरेको छ ।

शवको तत्काल पोष्टमार्टम किन गरिएन रु शुरुमै प्राप्त शव पोष्टमार्टम गर्न ढिलाई हुँदा आवश्यक प्रमाण नष्ट भएको आशंका गरिएको छ । साथै तत्काल पोष्टमार्टम गर्न सरकारी पक्षले खासै पहल नगरेको भन्दै यसलाई पनि समितिले षडयन्त्रकै रुपमा लिएको संघर्ष समितिका संयोजक नगेन्द्र शाहले बताए ।

सरकारी निगरानी खोई ? सार्वजनिक पद धारण गरेका ब्यक्तिहरुले घटनालाई तोडमोड गर्ने पिडितलाई झन पिडा दिने र पिडकलाई प्रोत्साहित गर्ने अभिब्यक्ति दिदा पनि राज्यको तर्फबाट स्पष्ट धारणा सार्वजनिक नहुनु, उनीहरुलाई कारवाही नगरिनु र शसस्त्र बलका गोताखोरका टोली प्रमुख शसस्त्र प्रहरी सहायक निरीक्षक रमेश थापाले गोविन्द सुनारको शव हात बाँधिएको अवस्थामा देख्दादेख्दै होइन भनेर सोही अनुसारको मुचुल्का तयार पार्नुमा पनि षडयन्त्र रहेको समितिको ठहर छ ।

मानवीयता भुल्न मिल्छ रु पिडित परिवारलाई अनावश्यक सोधपुछ तथा बयान लिएर झनै तनावमा पारिएको, बयान लिन रुकुम लिने गरिएको, सुरक्षाको प्रबन्ध हुन नसकेको र त्रासका विच रुकुम गएर पिडितले बयान दिनु पर्ने कुरालाई पनि घटनालाई तोडमोड गर्ने षडयन्त्रकै रुपमा समितिले लिएको संयोजक शाहको भनाई छ ।

अन्तरजातिय प्रेमलाई सोतीका मल्ल ठकुरीले स्वीकार गर्न नसक्दा भएको घटनामा ६ जनाको हत्या हुनु जातिय अहंकार, विभेदजन्य चेतना समेतका कारण सुनियोजित रुपमा मानवता कलंकित हुने गरी घटाईएको यो हत्या क्रुर, वर्वर, अमानवीय, मानवता विरोधी कार्य हो भन्ने समितिको निश्कर्ष छ ।

समितिले घटना लगत्तै जाजरकोट सदरमुकाममा दैनिक नारावाजी सहित प्रर्दशन गदै आएको छ । घटनालाई राजनीतिकरण गरेर तोडमोड हुन सक्ने भन्दै पिडितको न्यायको लागी दिनहुँ खवरदारीका कार्यक्रम गरिरहेको संघर्ष समितिका सहसंयोजक छवि पन्तले बताए । समितिले घटनाको निस्पक्ष अनुसन्धान, दोषीलाई हदै सम्मको कारवाही, पिडितलाई क्षतिपुर्ती र राहत उपलब्ध गराउनु पर्ने, घाईतेको निशुल्क उपचार गर्नु पर्ने लगायतका माग गदै आएको छ । समितिले जाजरकोट र पश्चिम रुकुमका प्रमुख जिल्ला अधिकारी मार्फत घटनाको निश्पक्ष अनुसन्धानका लागी सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

पिडित परिवारले पनि घटना राजनीतिकरण हुनसक्ने आशंका गरेका छन् । हत्यारालाई कारवाही होस । न्याय नमरोस नवराजकी आमा उर्मिलाले भनिन ‘मेरो छोरा नवराजसहित ६ जनाको रगतमा राजनैतिक होली खेल्ने काम नहोस ।’

नवराजकी प्रेमिका रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीकी मल्ल थरकी एक युवतीलाई वेहुलीको रुपमा भित्र्याउन शनिवार १८ जना युवा सहित गाउँ पुगेका वेलासोतीका गाउँलेहरुले दलितले ठकुरीकी छोरी ताक्ने भन्दै आक्रमण गरेर लखेटी ( लखेटी नियन्त्रणमा लिएर ६ जनाको हत्या गरेर भेरीमा फालिदिएको पिडित परिवारको भनाई छ ।

पिडित परिवारले २० जना विरुद्ध उजुरी दिएका थिए । ति मध्य अनुसन्धानको क्रममा फरार रहेका घमण्ड मल्ल, बिष्णु मल्ल र सर्वजित भन्ने सबिन पुनलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको हो ।यो सँगै उक्त घटनामा संलग्नको आरोपमा पक्राउ पर्नेको संख्या २८ पुगेको छ । प्रहरीले सो घटनाको अनुसन्धान प्रकृया पनि अन्तिम चरणमा पुगेको बताएको छ ।

“हामीले अनुसन्धानलाई अन्तिम चरणमा लिएका छौ चाडैं अनुसन्धान टुंगिन्छ, रुकुम पश्चिमका डिएसपी ठगबहादुर केसीले बताए । प्रहरीले विभिन्न चरणमा घटनामा संलग्न भएको आरोपमा ब्यक्तिहरु पक्राउ गरि मुद्दा समेत अगाडि बढाएको हो । जाजरकोट बाट सोती गाँउमा पुगेका ६ जना युवाको गाउँलेहरुले लखेटेर हत्या गरेको आरोप छ ।

तपाइको प्रतिक्रिया
(Visited 704 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग