साझा फूलबारीमा सबै जातजाति र धर्मका फूल फुल्नुपर्छ : प्रदेश प्रमुख खापुङ

उदयपुर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म र संस्कृतिका समुदायको साझा फूलबारी भएको बताएका छ । उनले विविधता बीचको एकता नेपालको मौलिक पहिचान भएकाले सबै समुदाय बीच आपसी सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम गर्नु पर्नेमा जोड दिए ।

उदयपुरको त्रियुगा नगरपालिका–२, जोगिदहस्थित शिवालय मन्दिर धार्मिक वन समूहमा निर्मित शिवलिङ्गको सोमवार एक कार्यक्रमका बीच उदघाटन गर्दै प्रदेश प्रमुख खापुङले यस्तो बताएको हो । उनले नेपालमा विभिन्न जातजाति र भाषाभाषीको बसोबास रहेको तथा विभिन्न धर्म मान्ने समुदायहरू पनि मिलेर बसेको उल्लेख गर्दै सबै धर्म, संस्कृति र परम्पराको सम्मान गर्नु पर्ने बताए ।

फरक जाति, भाषा र धर्मलाई विभाजनको आधारमा नभई राष्ट्रिय एकताको आधार बनाउनु पर्ने उनको भनाइ थियो । नेपाल विभिन्न जातजाति र भाषाभाषी बसोबास गर्ने साझा फूलबारी हो,” प्रदेश प्रमुख खापुङले भने, “यो साझा फूलबारीमा विभिन्न जातका फूलहरू फुल्न पाउनु पर्दछ । त्यसका लागि आपसी सद्भाव, एकता र धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउनु आजको आवश्यकता रहेको औल्याए ।

नेपालको सामाजिक संरचना विविधतापूर्ण रहेको उल्लेख गर्दै उनले यही विविधता भित्र एकता कायम गर्न सके मुलुकको सामाजिक तथा सांस्कृतिक सम्बन्ध अझ बलियो बन्ने बताए । धार्मिक आस्था र संस्कृतिका विषयमा एक अर्का प्रति सम्मान र सहिष्णुताको भावना विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

प्रदेश प्रमुख खापुङले धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षणले स्थानीय समुदाय बीचको सम्बन्धलाई समेत मजबुत बनाउने बताए । यस्ता स्थलहरू धार्मिक आस्थाका केन्द्र मात्र नभई सामाजिक सद्भाव, सांस्कृतिक पहिचान र समुदाय बीचको सहकार्यका आधार समेत बन्न सक्ने उनले उल्लेख गरे । उनले कुनै पनि धर्म, जात वा समुदाय प्रति विभेद गर्ने प्रवृत्तिको अन्त्य गर्दै सबै नागरिकले समान रूपमा सम्मान र अपनत्व महसुस गर्ने वातावरण निर्माण गर्नु पर्नेमा जोड दिए । समाजमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न राजनीतिक नेतृत्व, सामाजिक संघसंस्था, धार्मिक समुदाय तथा नागरिकको साझा भूमिका आवश्यक रहेको उनले बताए ।

प्रदेश प्रमुख खापुङले नेपालको राष्ट्रिय एकता कुनै एक जाति, भाषा वा धर्मको पहिचानमा मात्र सीमित नभई सबै समुदायको साझा सहभागिता र अपनत्वबाट निर्माण हुने धारणा व्यक्त गरे । फरक–फरक पहिचान, संस्कृति र धार्मिक आस्थालाई सम्मान गर्दै अघि बढ्न सके मात्र समृद्ध, समावेशी र सुदृढ राष्ट्र निर्माण गर्न सकिने उनँको भनाइ थियो ।

शिवालय मन्दिर धार्मिक वन समूहमा निर्मित शिव लिङ्गको उदघाटनसँगै प्रदेश प्रमुख खापुङले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकासमा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको समेत बताए । उनले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई व्यवहारमै स्थापित गर्दै सबै समुदाय बीचको सम्बन्ध थप प्रगाढ बनाउनु पर्नेमा जोड दिए ।

नेपालमा हिन्दू, बौद्ध, किराँत, मुस्लिम, इसाई लगायत विभिन्न धर्मावलम्बी समुदायको बसोबास रहेको उल्लेख गर्दै प्रदेश प्रमुख खापुङले सबै धर्म र संस्कृतिको सम्मान गर्नु पर्ने बताए । धार्मिक आस्थाका आधारमा विभेद वा द्वन्द्व सिर्जना हुन नदिन एक अर्काको धर्म, संस्कृति, परम्परा र विश्वासप्रति सम्मानको भावना विकास गर्नु पर्नेमा जोड दिए ।

त्यसैगरी त्रियुगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेतले धर्मको नाममा धार्मिक द्वेष फैलाएर आङ्खनो व्यक्तिगत स्वार्थ पूरा गर्ने प्रवृत्तिको अन्त्य गर्नु पर्ने बताएका छन् । उनले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई समाजले निरुत्साहित गर्दै सामाजिक रूपमा तिरस्कार गर्नु पर्नेमा जोड दिए ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

यी हुन् नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरु