१८ महिने शिशुको घरको भर्‍याङबाट खसेर मृत्यु

सर्लाही । सर्लाहीमा १८ महिने शिशुको घरको भर्‍याङबाट खसेर मृत्यु भएको छ।

सोमबार साँझ कबिलासी नगरपालिका- ४ हेम्पुर बस्ने धिरेन्द्र रायका १८ महिनाको छोरा गोपिचनको भर्‍याङबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

भर्‍याङबाट लडेर गम्भीर घाइते भएका बालकलाई श्रीराम हस्पिटल मलंगवामा सामान्य उपचार पश्चात थप उपचारको लागि आज बिहान न्युरो अस्पताल वीरगन्ज पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

बालक दुई तल्ले काठको घरको ‍भर्‍याङबाट तल झर्ने क्रममा अचानक खसेर नालीमा बजारिएका थिए।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

epaper

ताजा समाचार

अलैँची रोप्न व्यस्त इलामका किसान