अश्लील तथा अभद्र शब्द प्रयोग गरेको आरोपमा रास्वपा नेता यादव पक्राउ

रौतहट । सामाजिक सञ्जालमार्फत अश्लील तथा अभद्र शब्द प्रयोग गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रौतहटका नेता रवीन्द्र यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सामाजिक सञ्जालमार्फत स्थानीय सागर यादवलाई लक्षित गरी अश्लील तथा अभद्र शब्द प्रयोग गरेको आरोपमा रौतहट प्रहरीले नेता यादवलाई पक्राउ गरेको हो ।

यादवलाई मंगलबार साँझ करिब ७ बजे गरुडा क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले बताए । सामाजिक सञ्जाल फेसबुकमा राजनीतिक तथा व्यक्तिगत विषयलाई लिएर आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको डीएसपी गौतमले बताए ।

सो घटना’bout अनुसन्धान भइरहेको डीएसपी गौतमको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

epaper

ताजा समाचार

अब देशैभर सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको एउटै र निश्चित ढाँचा