बाजुरा । अविरल वर्षासँगै आएको पहिरोका कारण बाजुराको त्रिवेणी नगरपालिका-९ स्थित ताम्सुमा दुई घरमा क्षति पुगेको छ भने एक जना बेपत्ता भएका छन् । पहिरोमा परी दुई जना सामान्य घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार साउन २८ गते बेलुकीदेखि लगातार परेको वर्षाका कारण ताम्सुमा पहिरो गएको हो । साउन २९ गते राति स्थानीय टेकबहादुर थापाले घटना’bout प्रहरीलाई जानकारी गराएका थिए ।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बडीमालिकाबाट प्रहरी सहायक निरीक्षक रामबहादुर चन्दको कमाण्डमा चार जनाको टोली घटनास्थलतर्फ खटिएको थियो । तर ताम्सु खोलामा पानीको बहाव अत्यधिक बढेका कारण प्रहरी टोली तत्काल घटनास्थलसम्म पुग्न सकेन ।

स्थानीयसँग टेलिफोन मार्फत गरिएको जानकारी अनुसार ताम्सुमा बस्ने ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोमा परी क्षति भएको छ । पहिरोमा परेका सोही परिवारका दुई जना सामान्य घाइते भएको र एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि राति करिब ४ बजे प्रहरी चौकी बार्जुगाड र अस्थायी प्रहरी वेश क्याम्पबाट समेत थप प्रहरी टोली परिचालन गरिएको थियो ।
उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन शुक्रबार बिहान ५ बजे जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको कमाण्डमा १७ जनाको प्रहरी टोली आवश्यक उद्धार सामग्री सहित घटनास्थलतर्फ खटिएको छ ।
ताम्सु क्षेत्र प्रहरी चौकी बडीमालिकाबाट करिब चार किलोमिटर उत्तरतर्फ पर्छ । लगातारको वर्षा र खोलामा बढेको पानीको बहावका कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
बेपत्ता व्यक्तिको खोजी तथा पहिरोमा क्षति पुगेका घरपरिवारको उद्धारका लागि सुरक्षा निकायले प्रयास जारी राखेको छ । प्रहरीले स्थानीयलाई समेत सतर्क रहन र जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरेको छ ।
सम्बन्धित समाचार
कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
कैलालीमा फायरिङ अभ्यासका क्रममा ह्याण्ड ग्रिनेड विस्फोट, दुई सैनिक घाइते
सरकारी गाडी चोरेर बेच्ने थुनामा, किन्ने तारेखमा रिहा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
पहिरो र बाढीको असर : यी यी राजमार्ग छन् अवरुद्ध, सतर्कता अपनाउन प्रहरीको अनुरोध
धनगढीमा करोडौँको लगानीमा बनेको ज्येष्ठ नागरिक मिलन केन्द्र ६ वर्षदेखि बन्द






