मोदीखोला बाढीका कारण मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार

काठमाडौं । अविरल वर्षापछि मोदीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुई वटा पुल बगाएपछि मन्दिर परिसरमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ ।

कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई कास्कीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको बिरेठाँटी माध्यमिक विद्यालयका शिक्षक ३० वर्षीय रेवन्तप्रसाद सिंह र मन्दिरका पुजारी ५२ वर्षीय निर्माण गिरीलाई सकुशल उद्धार गरिएको हो ।

भारतीय नागरिक गिरी विगत ५ वर्षदेखि मन्दिरमा पुजारी काम गर्दै आएका थिए ।

सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार, उनीहरु शुक्रबार बिहान सवा २ बजे आएको बाढीले कास्की र पर्वत जोड्ने २ वटा मेटल पुल बगाएपछि मन्दिरमै फसेका थिए ।

उनीहरूलाई शुक्रबार बिहान सवा ८ बजे सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गएको रोप रेस्क्यु र गोताखोरसहितको संयुक्त टोलीले सकुशल उद्धार गरेको थापाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने