मध्यरातमा झ्यालबाट छिरेर बालिका बलात्कार गर्ने पक्राउ

कञ्चनपुर ।  कञ्चनपुरको बेलाैरी नगरपालिकामा १४ वर्षीया वालिका माथि बलात्कार भएको छ ।
बेलाैरी नगरपालिका ७ का २५ वर्षीया युवक बिरु चाैधरीलाई वालिका बलात्कारकाे आराेप लागेकाे प्रहरीले जनाएको छ ।

मध्यरातमा झ्यालबाट छिरेर वालिका सुतेको काेठामा गई बलात्कार गरेको आराेप लागेपछि इलाका प्रहरी कार्यालय बेलाैरीकाे टाेली राति नै घटनास्थल पुगेको थियोे ।

बालिकाले रातिको समयमा आफू माथि चाैधरीले बलात्कार गरेको बताएकी छिन् । घटनाको वास्तविक तथ्य’bout मेडिकलकाे तयारी भईरहेकाे ईलाका प्रहरी कार्यालय बेलाैरीले जनाएकाे छ ।

बलात्कार आराेपितलाई राति नै पक्राउ गरिएकाे प्रहरी निरीक्षक रण बहादुर चन्दले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

epaper

ताजा समाचार

नेदरल्यान्डलाई जापानले २–२ को बराबरीमा राक्यो